Posts

Showing posts from June, 2020

कृषि मन्त्री ज्यु, अब पनि नगरे कहिले गर्ने ?

Image
माननीय कृषि मन्त्री ज्युले गर्नु   भएको एउटा स्विक्वारिक्ति बाट सुरु गरौ , " सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो छैन " । हो , नमरी स्वर्ग देखिदैन। तर तपाईले नगरे कसले गर्ने ? अनि अब पनि नगरे कहिले   गर्ने ? तपाइलाई पनि थाहा छ , " ढुंगाको काप फोडेर पनि उम्रन्छ पिपल " ।   सबै कार्य   अफ्ठ्यारा देखिन्छन् रे जबसम्म त्यो पुरा हुदैन। देश चुडिएको डोरी समाएर टुक्रा टुक्रामा रमाई रहेको छ। मलाई बिश्वास छ तपाईले गर्नुहुन्छ , गर्नुहुदै होला र गर्नुपर्छ। डुंगा चडीसकेर मलाई खियाउन आउदैन अथवा सक्दिन भन्ने छुट नाविकलाइ हुदैन , हुनुहुदैन। मैले यसो भनिरहदा तपाई नै आखिर , तपाईले गर्न नसके अरुले पनि गर्न सक्दैन भन्ने आशय हैन। तपाईको पदारोहणले निराशाको हुरीलाइ थोरै थेगेर भएपनि भरोसाको दियो बलेको छ , बसन्त ऋतुको   यो दियो निभ्न नदिनुहोस। नेपालसंग कृषि मौजदात खपत हुन नसकेर थुप्रिएको गुनासो गर्नु भएको सुने। हामिसंग एक हजार मेट्रिक टन बटर ,