Posts

Showing posts from June, 2021

हनुमान नभन...

Image
  प्रस्तावन : यस लेख लाई यथाशक्य सन्देशमुलक अनि सूचनामुलक बनाउने आयस गरिएको छ। कृपया यो लेख पढीसकेपछि हनुमान शब्द नकारात्मक लक्ष्यार्थमा प्रयोग नगरिदिनुहोला।   श्रीगुरु चरन सरोज रज निज मनु मुकुरु सुधारी। बरनउँ रघुबर बिमल जसु जो दायकु फल चारि।।   बुद्धिहीन तनु जानिके सुमिरौँ पवन - कुमार। बल बुधि बिद्या देहु मोहिं हरहु कलेस बिकार।।     हामी दिनहु जसो सामाजिक संजाल वा   प्रत्यक्ष कुराकानीहरुमा हनुमान शब्द प्रयोग भएको देख्छौ , सुन्छौ।   प्राय : यो ' हनुमान ' शब्द नकारात्मक लक्ष्यार्थमा   राजनीतिक कार्यकर्ता , नेताका सहयोगी , दुराचारी वा अपराधिका समर्थक आदिलाइ व्यापक प्रयोग हुने गर्दछ। तुलनात्मक रुपले अहिले यस शब्दको प्रयोग अलि कम भएको हो कि जस्तो लाग्छ तर प्रयोग गर्न सम्पूर्ण रुपले त्यागिएको भने हैन। यसको बदलामा कट्टप्पा , साइबर सेना , अरिंगाल जस्ता शब्दले ठाउँ पाएको छ। परन्तु , कहिलेकाही जाने - माने बुद्दिजिवि , पत्रकार , नेताहरुले ' हनुमान ' शब्