Posts

Showing posts from May, 2021

खेल सिद्दान्त , चुनाव अनि एमसीसी

Image
अर्थशास्त्रमा एउटा सिद्दान्त प्रतिपादन गरिएको छ , जसलाई अंग्रेजीमा गेम थेओरि ( Game Theory ) भनिन्छ। मैले चाहिं यसलाई खेल सिद्दान्त भनेर ब्याख्या गरेको छु। यो सिद्दान्त इ.सं. १९४० मा गणितिज्ञ जोन भोन निउम्यान र अर्थशास्त्री ओस्कार मोर्गेस्टर्नले   प्रवर्तन गरेको , पश्चात गणितिज्ञ जोन न्याशले बिस्तार गरेको कथन छ। खेल सिद्दान्त   भनेको के हो ? यो प्रतिस्पर्धी खेलाडीहरु बिचमा सामाजिक स्थिति कल्पना गर्ने सैदान्तिक ढांचा हो। खेल सिद्दान्त , रणनीतिको विज्ञान अथवा स्थापित रणनीतिमा प्रतिस्पर्धीहरुको श्रेष्ठतम् निर्णय लिनसक्ने अवस्थालाई पनि भनिन्छ। यो सिद्दान्तले विवेकी खेलाडीहरु माझ सहभागितामुलक परिस्थिति निर्माण गर्न भूमिका खेलेको हुन्छ। यो खेलको मुख्य विशेषता भनेको अर्को खेलाडीले लागु गरेको रणनीतिमा रहेर यो खेलाडीले आकस्मिक लाभ प्राप्त गर्छ। यसले खेलाडीहरुको पहिचान , प्राथमिकता र उपलब्ध रणनीतिहरु पहिलेनै पत्ता लगाईसकेको हुन्छ। साथसाथै , यी रणनीतिहरुले परिणाममा कस्तो र कसरि अस