Posts

Showing posts from July, 2020

समय अनुसार परिवर्तन अनिवार्य छ, हुन्छ

Image
समय अनुसार परिवर्तन अनिवार्य छ, हुन्छ। परिवर्तनको   प्रतिरोध गर्ने हैसियत कसैको   हुदैन, यदि कसैले कुचेष्टा गरे कि त गथार्थ हुन्छ कि सुखहीन हुन्छ। परिवर्तन प्रकृतिको नियम हो भने, प्रतिष्पर्धा प्रकृतिको चरित्र हो। नयाँ शक्ति दुई तरिकाले उदाउछ - एक प्रतिस्पर्धा र अर्को वर्तमान शक्तिलाई बदनाम गर्दै। पहिलो तरिका स्वच्छ हुन्छ भने दोश्रो चाहिं कपटपूर्ण हुन्छ। अबको   नयाँ शक्ति स्वच्छ प्रतिस्पर्धाबाट उदय हुनु निर्विकल्प छ। खोलको   हैन, गोलको ( लक्ष्य) नयाँ शक्ति आवश्यक छ। चुत्थो मध्यको असल हैन असल मध्यको कुशल अगुवाको खाँचो छ। घोडा पनि कहिल्यै चाँडो दौडीदैन ,जब सम्म अरू घोडा उसलाई समात्ने वा जित्ने हैसियत बनाउदैनन्। अर्थत: प्रतिष्पर्धा निष्क्रिय रहदा वास्तविक कुशलता देखिदैन। जब असल प्रतिस्पर्धा हुन्छ तब नै मानिसको निधि प्रकट हुन्छ । तर अहिले स्वतन्त्रताको आवरणमा, हाम्रो समाजमा त्   फगत आवाजको प्रतिस्पर्धा बिधमान छ। एउटा   बोल्दा अर्को कराउने , अर्को कराउदा अरु चिच्याउने अवस्था बन्दै छ। बोल्नलाई प्रमाण चाहिन्छ, कराउन शब्द भए पुग्छ, झन् चिच्याउन त् स्वर हुदा पुग्ने र