Posts

Showing posts from April, 2020

विभिन्न अध्यायको देश !

Image
एकादेशमा एउटा पेन्डुलम देश थियो | विभिन्न अध्यायको देश | त्यो देशको दरवार कैलाश पर्वतको फेदिमा अवस्थित थियो | त्यस दरवारको रक्षा गर्न थुप्रै तरवारहरू परिचालित थिए तर वरपर सिमानामा कुनै तारबार थिएन | दरवारका भित्ताहरु ईट्टाले नभई पैसाका बिट्टाहरुले ठडीएका थिए | छानो शिशाको अनि भर भिसाको थियो | देश हराभरा तर आदेश ज्यानमारा हुन्थ्यो | यस लोकमा शिक्षाको भिक्षा माग्नेलाई ज्ञानको अभिमान दिने चलन थियो | दरवारको छेउमै एउटा अजंग्गको रुख थियो | त्यो रुखमा बैभव फल्ने गर्थ्यो | तर शिशिर ऋतुमा भने त्यस रुखको छायाले दरवारमा कहिलै सुर्यको किरण पर्न दिएन | अनि बसन्त ऋतुको हावाहुरीमा हाँगाले दरवारको छाना चर्कौला भन्ने डर हुन्थ्यो |   ग्रिष्म ऋतुमा भने त्यहि रुखको भर हुन्थ्यो | रुख काट्ने हिम्मत कसैको भएन किनकि फल त् त्यसैमा लाग्थ्यो | दरवार अन्त बनाउने ल्याकत त् के सार्ने तागत पनि थिएन | दरवार भित्र शासन , बाहिर भासण थियो | दरवार भित्र बस्ने मख्ख , बाहिर बस्ने छक्क