Posts

Showing posts from December, 2020

मसँग मेरो संवाद !!

Image
                                                                   झूठ : मेरो विश्वास गर्छौ तिमी ? सत्य : म .. मेरो अस्तीत्व मेटाउनु !!   निराशा : मेरो पराजय भयो भने ? आशा : आगामी दिनहरुले न्याय पाउछन्  !!   ईर्ष्या : मलाई मतलव छ र ? संतोष : हँ ... साचैं   भन्या हो !!   मन : म नीदाउछु है ? मस्तिष्क : मेरो पालो अब !!   सु : ख : मख्ख छस त ? दु : ख : ए हो र !!   भाग्य : के छ हालचाल ? जिन्दगी : आउन छम-छमी नाचौं !!   सपना : कहिले सम्म हो यो हाम्रो लुकामारी ? बिपना : झस्कि रहन्छु .. आभासित वास्तविकता   पाए भने !!   मृत्यु : म पूर्ण छ कि छैन ? जीवन : उत्तर खोज्दै त छु नि !! -अनिश आचार्य   

राष्ट्रिय निर्वाचन समिक्षा प्रणाली

Image
  प्राय हामी सबैसंग घरभाडामा लिएर बसेको अनुभव छ। संक्षिप्तमा भाडा लिने प्रकियाको बारे उल्लेख गर्दा , सुरुमा तपाई आफुलाई उपयुक्त घर वा कोठाको खोजि गर्नु हुन्छ। अनि आफुलाई मनपरेको स्थानमा बस्नको लागि निवेदन दिनु हुन्छ ( मौखिक वा लिखित ) । तत् पश्चात घरधनीले तपाइको पृष्ठभूमि हेर्छ र तपाइले पेश गर्नुभएका कागजातको जांच गर्छ। सम्झना रहोस कि यसरि निवेदन दिने तपाई मात्र वा अरु थुप्रै पनि घरभाडा लिने प्रतिस्पर्धामा हुन सक्छन।   यदि घर वा कोठा मनले चिताएको छ भने सबैले आ - आफ्नो कागजात बलियो बनाउने प्रयास गर्छन , घर लिने कोशिश गर्छन। घर मालिकले कोहि एकजानाको निवेदन स्वीकृत गरेपछि सुरुमा पहिलो महिना वा केहि महिनाको भाडा अग्रिम माग्छ र निश्चित रकम ( ३ , ६ वा १२ महिनाको भाडा बराबर ) सुरक्षा निक्षेप ( धरौटी ) माग्छ। यो धरौटी रकम   घर भाडामा लिने व्यक्तिले औपचारिक रुपमा घर ( वा कोठा ) छाड्ने बखत मात्र फिर्ता पाउछ तर यदि केहि मर्मत - सम्मार गर्नु छ भने , त्यसै रकम ब