Posts

Showing posts from July, 2021

म खोपको परेवा

Image
  आजकालको समय खासै निको छैन। सधैजसो आकाशमा कालो बादल मडारिएको हुन्छ। बादल हटे चर्को घामले डढेलो लाग्ने पिर , नहटे पानिले भेल उर्लने डर - घरमा पनि मनमा पनि। आकाशको बादल देखिन्छ , आखाँमा लागेको बादलको   कसलाई मतलब छ र ?   ज्या , उड्न पनि सक्दिन क्षितिजमा कपटको जाल फिजारिएको छ। हौसलाको उडान भर्न चाहने सबैका उत्कट अभिलाषा द्वेषीको अँगालोमा बाधिएको छ। आफ्नै स्वर कर्कश लाग्ने व्यथाको ओखति के होला ? यो व्यथा आजभन्दा करिब करिब २० बर्ष अगाडिको हो। यो दौडको युग। सबै दौडमा थिए - कोहि पाउने , त् कोहि गुमाउने। आज मेरो पालो थियो। वारिबाट दौडिएर पारि पुग्ने। सिमा भित्र सुरु गरेर , सिमा बाहिर रोकिने। स्वभुमीबाट उडेर दसगजामा हराउने। आज मेरो खोप मात्र हैन दिन पनि अध्यारो छ। सायद मेरो बिदाईको साक्षी कसैलाई हुन छैन होला। आँगन भरि ख्वामितले छरीदिएको अन्न छ , गएर टिप्ने भोक छैन , खालि झोला भर्ने लालसा छैन। भनिन्छ स्वतन्त्रता परम हुन्छ , तर आज मेरो स्वतन्त्रता किन