Posts

Showing posts from November, 2021

हेल्पलाइन नम्बर १७ ०००

Image
त्यो मुक्तिको बाटो एकैदिन रोल्पा , रुकुम , गोर्खा अनि सिन्धुलीबाट सुरु भयो। २०५२ साल फाल्गुन १ गते मंगलबारको दिन सबै सर्वहारालाई त्यो सुरुवात “ मंगलमय” लागेको थियो होला। बसन्त ऋतुमा सारा जगत आफ्नो जिर्ण स्वरुप फाल्दै नयाँ पालुवा लगाउदै थियो। ति तमाम सहभागी - हतभागी लाई पनि प्रकृतिको सिको गर्दै नव - समाज बनाऊछौ भन्ने उत्कट आकांक्षा थियो होला। किनकि उनीहरुको बिश्वास प्रचण्ड नेतृत्वमा थियो त्यसैले त् उनीहरु जीवन उत्सर्ग गर्न पनि राजि भएर प्रचण्ड पथमा अगाडी बढदै थिए। आखाँमा सपना अनि हातमा वास्तविकता बोकेर। खुट्टाले माटो टेक्दै अनि दिमागमा फाटो लिपेर। यस धर्तीमा मेरो त्यो दोश्रो बसन्त खासै उल्लासपूर्ण नभएको आज पत्तो पाए जब " निरन्तरतामा क्रमभंगता " को प्रचण्ड परिभाषा अवसरवाद रहेछ भन्ने ज्ञान भयो। त्यस ग्रामीण क्षेत्रलाई नियन्त्रण गर्ने र त्यसपछि शहरी बस्तीहरूलाई घेर्ने क्रान्तिकारी रणनीतिको सामान्य ज्ञान थाहा पाउदा धन्न प्राथमिक शिक्षा सक्किएको थियो कि