Posts

Showing posts from August, 2020

प्रत्येक विरोधमा एउटा सुकर्म खोज्ने कि!

Image
  विरोध वा प्रदर्शन, एक विचार वा कार्यप्रति आपत्ति, अस्वीकृति वा असहमतिको सार्वजनिक अभिव्यक्ति हो। यो सामान्यतया राजनीतिक हुन्छ। आन्दोलनले अनेक प्रकारका स्वरुप  लिन सक्दछ। यसको रुप व्यक्तिगत बयानदेखि जन प्रदर्शनसम्मको हुन्छ । आन्दोलनकारीहरूले आफ्नो  जनमत प्रदर्शन गर्दै , सरकारी नीति प्रभावकारी हुनु पर्ने वकालत गर्छन। उनीहरुले सार्वजनिक रूपमा आफ्नो राय सुनाउने  माध्यमको  रूपमा विरोध प्रदर्शन गर्न सक्दछन। अर्थात , उनीहरूले चाहेको परिवर्तन  लागू गर्नका लागि प्रत्यक्ष कार्य गर्न सक्छन्। अहिले बिद्यमान बिरोधका स्वरुपहरु यस प्रकारका छन् : – र्‍याली वा प्रदर्शन – परेड ( मार्च पास ) – जागरण – रोक टोली – नागरिक अवज्ञा – भेला वा समारोह – याचिका – सांकेतिक प्रदर्शन – पत्रकार सम्मेलन – मुद्दा – आक्रमण वा दंगा – हडताल – मानब बिहीन बिरोध  ( जस्तै सामाजिक संजाल भेला, समूह) आदि। यी माथिका सबै बिरोध सरकार वा सरकारका अवयव बिरुद्ध लक्षित हुन्छन्। यी बिरोधहरु विनासकारी वा (अ) विनासकारी हुन्छन्। माथिका सबै बिरोधका रुपहरु अहिले राष्ट्रिय वा अन्तर्राष्ट्रिय सन्दर्भमा प्रचलित र अनुगामित छन्। परिणाम राम्रै आए

एकादेशमा एउटा पेन्डुलम देश !

Image
  एकादेशमा एउटा पेन्डुलम देश थियो | एकदमै अस्थिर , कहिले एता हल्लिने , कहिले उता ढल्किने। विभिन्न अध्यायको देश | कुनै अध्याय राणाको हुन्थ्यो भने कुनै अध्याय सानाको हुन्थ्यो। जनताको चाहना त् उही हो , छाना , नाना र माना। देश हराभरा भएतापनि   शासकको आदेश ज्यानमारा हुन्थ्यो | त्यस लोकमा शिक्षाको भिक्षा माग्नेलाई ज्ञानको अभिमान दिने चलन थियो | दीक्षित त् उही थर मात्र बाकीं थियो। त्यो देशको दरवार कैलाश पर्वतको फेदिमा अवस्थित थियो | त्यस दरवारको रक्षा गर्न थुप्रै तरवारहरू परिचालित थिए तर वरपर सिमानामा कुनै तारबार थिएन | त्यस दरवारका भित्ताहरु ईट्टाले नभई पैसाका बिट्टाहरुले ठडीएका थिए | छानो शिशाको अनि भर भिसाको थियो | दरवारको छेउमै एउटा अजंग्गको रुख थियो | त्यो रुखमा बैभव फल्ने गर्थ्यो | तर शिशिर ऋतुमा भने त्यस रुखको छायाले दरवारमा कहिलै सुर्यको किरण पर्न दिएन | अनि बसन्त ऋतुको हावाहुरीमा हाँगाले दरवारको छाना चर्कौला भन्ने डर हुन्थ्यो |   ग्रिष्म ऋतुमा भने त्यह