Posts

Showing posts from November, 2020

दलाल - पुँजीवाद पूर्ण निषेध छ

Image
  बानीहरु कि राम्रा हुन्छन कि त् खराब हुन्छन। यसले व्यक्ति, संस्था वा   समाजलाइ पार्ने असर अनुसार नै राम्रो र खराब छुट्टिन्छ। बानी नै लत सम्म पुग्ने मार्ग हो। बानी र लत लाई मापन गर्न अक्सर गाह्रो हुन्छ किनकि यी दुइलाई छुट्टयाउने रेखा निकै मसिनो हुन्छ। भनिन्छ कुनै पनि कुराको लत लगाउनु   कहिलै पनि ठिक हुँदैन। अमेरिकी एडिकटिभ मेडिसिन समाजले लतलाई ," मस्तिष्कको दिर्घ रोगको रुपमा व्याख्या गरेको छ। लतले व्यवहार नियन्त्रणमा उदासीनता , लालसा , निश्चित कार्यबाट अलग रहन असमर्थता आदि परिणाम निम्त्याउद्छ। " लतको विकास हुनुले विभिन्न अनुवंशिक र वातावरणीय जोखिम पैदा गर्छ , जुन समाज वा जनसांख्यिकी अनुसार फरक - फरक हुन्छन। लत कम देखि उच्च जोखिम सम्मका हुन्छन। जस्तै , अत्याधिक खानपान , जुवा , ऋण , यौन , लागूपदार्थ , जमाखोरी , आत्म - विकृत , धूम्रपान , भिडियो - गेम लत , भावनात्मक निर्भरता र दर्जनौं अन्य विनाशकारी व्यवहार आदि। अब कल्पना गर्नुहोस यो सबै लत , बानी बिग्रेको सत्

म आलु विपक्षी

Image
                                                                                                                                                       म अमिल्चुके जातपतित आलु विपक्षी ।। गठबन्धनको पानीमा उसिनेर खान मिल्ने भागबन्डाको तेलमा तार्न मिल्ने सत्तासँग मिसाएर पकाउन पनि मिल्ने  थोरै बिरोधको छोप हालेर आन्दोलनको अचार हाल्न पनि मिल्ने ।। मलाई मिल्नु छ घरि -घरि साथ दिनु छ मनपरी त्यो सिद्दान्तको कुरा सक्कियो जब पदमा हलो अड्कियो ।। वार्ता बहस हुँदै गर्छन् सत्तासँग हाम्रो कुरो चाहिँ मिल्नु पर्यो बसाई सराई हुँदै गर्छन् जनतासँग विकासको नारा भने मिल्नु पर्यो ।। हामी नयाँ पुराना सबै उस्तै दुरुस्तै कसैको हाँडी कसैको वाणी कसैलाई पराइको चाकडी कसैलाई राखेको जाकडी ।। एउटा विवेकको आवेग अर्को साझाको बाजा छँदैछ बाबुको राम रटान अनि हुँदैछ साहेबको गनगन ।। निमुखाको शोषण देशमा कुपोषण के भयो त् ? नेतालाई पोषण हुँदैछ हाम्रो अभिपोषण छँदैछ ।। जनतालाई के पिराउनु ? कसरी भुल्काउनु ? किन जुटाउनु ? गम खाँदैछु किनकी म आलु विपक्षी मिल्नु त् पर्यो ।। मेरा रङ्ग अनेक संसदमा कराउदा रातो बालुवाटारमा हराउँदा सेतो अनि च