Posts

Showing posts from May, 2020

म ढुक्क छु , हाम्रो जमिन फिर्ता आयो आयो !

Image
मैले यस लेखमा लिपुलेक , कालापानी र लिम्पियाधुरासम्मको जमिन फिर्ता पाउने दसी प्रमाण केहि पनि प्रस्तुत गर्दिन । नेपालसंग यथष्ट सत्यता छ। सत्यको बिजय निश्चित हुन्छ त्यसैले म ढुक्क छु , हाम्रो जमिन फिर्ता आयो आयो। तर सार्वभौमसत्तामा   त् जमिन र जनता दुवै निहित हुन्छ , हुनुपर्छ। जीवनको प्रधान जरुरत भोक र निन्द्रा हुन् , त्यसका लागि सारा कर्म र संगर्ष गरिएको हुन्छ। यहाँ एक जाना विद्वानको कथन सम्झिन मन लाग्यो -" जिन्दगी जरुरत अनुसार जिउनु पर्ने रैछ , अभिलाषा त् ठुला ठुला बादशाहको पनि पुरा हुदैन । हो , यहि जरुरत अनुसारको जिन्दगि सुद्ध कालिको शिरमा बस्ने नेपाली जनताले   जिउन पाएका छन् ?   उनीहरु आफ्नो जरो किलो बिर्सेर , इतिहासको विरासत भुलाएर भारतीय रासन कार्ड बगलीमा चेप्न विवश छन्। आखाले भारतीय फौज हेर्न , कानले उनीहरुको हेलिकप्टरको कर्कश सुन्न अनि मुखले हिन्दि बोल्न अभ्यस्त हुनु परेको छ। कुटी , नाबी र गुन्जिका निस्तिएका आत्माहरुले भन्दा हुन् - " द

अहिले हरितगृहमा क्वारेन्टाइनः पछि कृषि र पर्यटन

Image
वातावरण नियन्त्रित बिरुवा हुर्काउन रोमन समयमा नै सुरु गरिएको विस्वास गरिन्छ। रोमन सम्राट एक प्रकारको काक्रो दिनहु खाने गर्थ्ये । त्यसै बेलादेखि रोमन किसानहरुले एक विशेष प्रकारले कृतिम विधिबाट वर्षको हरेक दिन सम्राटको खुराकमा काक्रो उपलब्ध गराउन थालेको बुझिन्छ । कालान्तरमा यहि विधि परिमार्जन र परिस्कृत हुदै हरितगृह भनेर जनमानसमा चिनिन र बुझिन थाल्यो। हरितगृह प्रकृति र बिरुवा बिचको ढाल हो , जसले अत्यधिक चिसो वा तातो बाट बिरुवालाइ आश्रय प्रदान गर्छ । यसका फाइदाहरु निम्न लिखित छन् : १ ) आयामिक मौसम २ ) सबै काल कृषि , खराब मौसमबाट सुरक्षा ३ ) बोटबिरुवाको विविधता ४ ) किरा फट्यांग्राबाट सुरक्षा साथै लाभकारी किराको समंरक्षण ५ ) अनुकुलित उब्ज्यानी वातावरण ६ ) उर्जा वचत , आदि । विश्वको सबैभन्दा ठुलो हरितगृह " द इडेन प्रोजेक्ट " बेलायतमा अवस्थित छ । यो सन् १९९८ मा निर्माण सुरु गरि सन् २००० मा निर्माण सम्पन्न गरिएको हो । तर बिच