Posts

Showing posts from January, 2021

निर्वाचन: पानीको तिर्खा मेट्न बियर खानु?

Image
  निमको रुख रोपेको छ अनि पात चपाउँदा   तितो भयो भनेर उफ्रिनुको कुनै तुक छैन। मानव संसाधन व्यवस्थापनको रणनीतिक दृष्टिकोणमा एउटा संस्थाको उच्चतम प्रतिफलका निम्ति सहि मान्छे , सहि ठाउँमा , सहि समयमा हुनु अपरिहार्य हुन्छ। तर यतिले मात्र हुदैन यसको लागि छनौट प्रक्रिया पनि सहि हुनु पर्दछ। यदि हामी जनतालाई साच्चै केहि फरक वा नयाँ चाहिएको हो भने यसको प्राप्ति बारम्बारको गुनासोले हुदैन। यसका खातिर हामीले हाम्रो चेतना विस्तार गर्नु वान्छनीय हुन्छ। हामी संग अहिले जे छ वा जे पाएका छौ त्यो हामीले स्वीकार गरेका हौ।   जानेर वा नजानेर , छलेर वा छलीएर। सुबोध नै परिवर्तनको पहिलो खुड्किला हो। नेतालाई पथ-प्रदर्शक , अभिभावक आदि पनि भन्न सकिन्छ किनकि उनीहरु हामी भन्दा केहि बढी सुचित भएरै त्यो स्थानमा आसिन हुन्छन। यसलाई नकार्न सकिदैन। जनताले पछ्याउने वा अनुशरण गर्ने उनैको पदचाप हो। यदि एउटा जनता नजिकै नकारात्मक आचरणमा छ भने नेताले आफ्नो नकारात्मक विश्वास र मनोवृत्तिको जां

म विदेश आएको छु

Image
  डोकोभरीको ममताको भारी बिसाउदै आमा , म विदेश आएको   छु   साहारा घरबारी थ्यो मेरो जिम्मेवारी बुवा , म विदेश आएको छु   रसाएर आँखाभरी साथको आभास हुँदा प्रिय , म विदेश आएको छु   आफैले सप्तरंगी भाग्य कोर्न बहिनी , म विदेश आएको छु   पिलपिले घडीको रहर मेट्न भाइ , म विदेश आएको छु   अतितका पलहरु झलझली सम्झन साथी , म विदेश आएको छु   ऋणको बाल्यकाल बित्दा ब्याज तिर्न माटो , म विदेश आएको छु   सबैका इच्छा रोप्दै बाली उठाउन त्यसैले , म विदेश आएको छु -अनिश आचार्य