Posts

Showing posts from April, 2021

गमलाका नेता !

Image
 राजनीतिमा नैतिकता महत्वपुर्ण  विषय मात्र होइन , यो जनअपेक्षा र सरकारको औचित्य संग जोडिएको हुन्छ।  अझ यो लोकतन्त्रको भविष्यको लागि अनिवार्य हुन्छ। असल राजनीतिक व्यवहारको सार्थक आधारका लागि पनि नैतिकतालाइ बिशेष जोड दिनुपर्छ। इतिहास देखि नै आचारसंहिता र निर्देशिकाहरु बिकसित अनि अनुसरण गरिएको प्रमाणहरु छन्। मुख्यत: यी संहिताहरु राजनीति अनि सार्वजनिक संरचनाहरुको नियन्त्रण गर्न , साथसाथै उनीहरुलाई आफ्नो कार्यप्रति उत्तरदायी बनाउदै समाजमा स्थिरता बहाली गरि राजनीतिक औचित्य कायम राख्न भएका छन् र हुनु पर्दछ।  राजनीति र  नैतिकताको आवश्यकता : व्यवहार संचालन गर्ने आचरणको सिद्धान्त, संहिता हो भने सम्भावित कार्यहरू बीच ठीकसँग कार्य गर्न र सहि छनौट गर्न मार्गदर्शन गर्ने सिद्धान्त, नैतिकता हो।  मानव इतिहासमा, संहिता र नैतिकता व्यवहारको मार्गदर्शनमा निर्भर रहदै , सहिष्णु समाज निर्माण गर्दै अनुशासन कायम राख्दै यहाँ सम्म आइपुगेको हो।  उपयोगितावादले पनि जुन व्यवहार कायम रहदा समाजलाई सुखभोग दिलाउन सकिन्छ , त्यहि नै उत्तम अस्तित्वको गुण हुने अनि यहि व्यवहारलाइ आचार मानिने विचार ब्यक्त भएको देखिन्छ। तसर्थ ,