Posts

Showing posts from October, 2020

सत्ताको नानीदेखि लागेको बानी

Image
  हामीले दिनहु जसो गर्ने व्यवहार वा क्रिया जुन नियमित हुन्छ वा बारम्बार दोहोरिन्छ , सोहि क्रिया अवचेतन पनि प्रकट हुनुलाइ नै बानि भनिन्छ। प्राय बानि - व्यवहार मानिस ध्यानपुर्वक नभई अविछिन्न गरिरहन्छ किनकि उसले आफ्नो कर्मको समिक्षा गर्दैन। अर्थात् , उसले आत्म - समिक्षा गर्नुपर्ने जरुरि ठान्दैन। कहिलेकाहीं बानि , ठिक वा बेठिक जे भएपनि , अनिवार्य भईदिन्छ।   विल्लियम जेम्स भन्छन ," हाम्रो सम्पूर्ण जीवन , एक निश्चित रूप भएतापनि , यो बानीहरूको एक पुञ्ज हो " । हामीले गर्ने हरेक चुनाव , एक विचारित निर्णय प्रक्रियाबाट भए झैँ लाग्छ , तर यो त फगत हाम्रो बानिबाट प्रेरित भएको हुन्छ। सन् २००६मा   ड्युक विश्वविद्यालयबाट प्रकाशित एक शोधपत्र अनुसार , मानिसले हरेकदिन गर्ने ४० प्रतिशत भन्दा बढी कर्म वास्तवमा निर्णय हुदैनन् , यो त् बरु उनीहरुको बानीको परिणाम हुन्छ। प्राविधिक दृस्टीकोणबाट भन्नु पर्दा , बानि एक छनौट हो , जुन हामी सबैले जानाजानी कुनै बिन्दुमा अपनाउँछौं र त्यसपछि यसको

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

Image
  मस्ती - मा पुर !! पर्वतको मस्तक , सागरको श्रोत अनि चारै दिशाको सिमा, संस्कारको डोरीले प्रदीप्त छ। वास्तवमै , यो देशको महिमाको कथा श्रोतव्य छ। पाण्डवका पाँच औंला पुर्वान्चल , मध्यमाञ्चल , पश्चिमान्चल , मध्य - पश्चिमाञ्चल र सुदुर - पश्चिमाञ्चल मिलेर एक मुठ्ठी कस्सिएको   छ। ३ करोड द्रोपदीहरु आफ्नो कर्ममा लगनशील , कर्तव्यनिष्ठ छन्।   हिमाल , श्वेत बस्त्र धारण गरि भिस्म पितामहको प्रतिज्ञा लिएर ठडिएको छ। पहाड , पुर्व देखि पश्चिम अजय गुरु द्रोणाचार्यको ढालले रोकिएको छ। तराई , कुलगुरु कृपाचार्यको नीतिको रंगभूमिले सजिएको छ। परन्तु , नीतिको रंगभूमिलाइ अ - नीतिको रणभूमिमा परिणत गर्ने प्रयास नहुने वा नभएका भने होइनन्। भौगोलिक बनोटको कुरा गर्दा , मस्ती - मा पुर पुर्व , पश्चिम र दक्षिण तिन दिशावाट गद्दार देशले घेरिएको छ। गद्दार देशका प्रमुख शकुनी ( नाताले मामा पनि ) कपटको हात - खुट्टा फिजाएर ढुक्कै संग बसेका छन्। इमान्दारीले असह्य हुदै , एकपटक गद्दार देश फर्किनु पनि भनेकी हुन्।