Posts

Showing posts from February, 2021

अर्को जन्ममा चाहिं नेपाली हुन पाऊ

Image
                                                                                                                          आदरणीय आमा साष्टाङ्ग दण्डवत् " म यहाँ सन्चै छु " भनेर भन्ने अवस्था सायदै आऊछ होला | " त्यहाँ तपाईहरुलाई पनि सुबिस्तै होला " भनेर ढाडस दिन पनि सक्दिन | रात - दिनको तपाईको दुर्गति पर वाट टुलुटुलु हेरेर बस्नुको पीडाबोध असह्य छ | आफ्नै सन्तानले तपाईलाइ एउटी अबलाको भाति अलाप गर्ने स्थितिमा पुर्याएको , म गम्भीरताका साथ नियालिरहेको छु | आमा , तपाईले बेसीमा घाँस काट्दै सुसेल्ने " एक जुगमा एक दिन एकचोटि आउछ , उलट - पुलट उथलपुथल हेरफेर ल्याउछ " भन्ने आवाज   हामी खर्कमा सुनेर स्वप्ननगरीमा सयर गर्थ्यौ | यो गीत त् तपाईले हामी दाजुभाइ दिदीबहिनी मध्ये चुनिदिनु भएको अगुवा अनि विद्वान ठुल्दाई ठुल्दिदी हरुले पनि सुन्नुहुन्थ्यो | हामी सबैले तपाइलाई सुखी , खुशी अनि अझै सुन्दर बनाउने संकल्प गर्ने गर्थ्यौ | फेरी तपाईले सुसेल्ने " हुदैन बिहान