समय अनुसार परिवर्तन अनिवार्य छ, हुन्छ





समय अनुसार परिवर्तन अनिवार्य छ, हुन्छ। परिवर्तनको  प्रतिरोध गर्ने हैसियत कसैको  हुदैन, यदि कसैले कुचेष्टा गरे कि त गथार्थ हुन्छ कि सुखहीन हुन्छ। परिवर्तन प्रकृतिको नियम हो भने, प्रतिष्पर्धा प्रकृतिको चरित्र हो।
नयाँ शक्ति दुई तरिकाले उदाउछ- एक प्रतिस्पर्धा अर्को वर्तमान शक्तिलाई बदनाम गर्दै। पहिलो तरिका स्वच्छ हुन्छ भने दोश्रो चाहिं कपटपूर्ण हुन्छ। अबको  नयाँ शक्ति स्वच्छ प्रतिस्पर्धाबाट उदय हुनु निर्विकल्प छ। खोलको  हैन, गोलको ( लक्ष्य) नयाँ शक्ति आवश्यक छ। चुत्थो मध्यको असल हैन असल मध्यको कुशल अगुवाको खाँचो छ।
घोडा पनि कहिल्यै चाँडो दौडीदैन ,जब सम्म अरू घोडा उसलाई समात्ने वा जित्ने हैसियत बनाउदैनन्। अर्थत: प्रतिष्पर्धा निष्क्रिय रहदा वास्तविक कुशलता देखिदैन। जब असल प्रतिस्पर्धा हुन्छ तब नै मानिसको निधि प्रकट हुन्छ ।
तर अहिले स्वतन्त्रताको आवरणमा, हाम्रो समाजमा त्  फगत आवाजको प्रतिस्पर्धा बिधमान छ। एउटा  बोल्दा अर्को कराउने , अर्को कराउदा अरु चिच्याउने अवस्था बन्दै छ। बोल्नलाई प्रमाण चाहिन्छ, कराउन शब्द भए पुग्छ, झन् चिच्याउन त् स्वर हुदा पुग्ने रहेछ । स्वतन्त्रता त् पिपलको रुख हुनु हो- शितल, कुशल अनि बिशाल। यो  कदाचित् जंगलको बनमारा हुनु हुदैन।
तितेपातीको रुखमा बसेर हाँगा चहार्दै ,मधुर पाउने चाहना राख्नुको कुनै तुक हुदैन। 
अहिलेको राजनीति वृतमा एम. सी. सी. , कोरोना महाब्यधि, सिमा विवाद आदिको चर्चा र प्रतिष्पर्धा चलिरहेको छ। यस  बखत निर्वाचन प्रणाली तिर ध्यान लैजादा अलिकति फरक प्रसङ्ग भएतापनि , व्यर्थ चाहिं नहोला। किनकि समस्याको जड यसमा पनि निहित छ।
सरकारलाइ कुशासनमा खबरदारी गर्दै आउदो निर्वाचनमा सुधारिएको मत प्रणालीको सुनिस्चितता खोज्ने कि ? रुख हुर्काउन जति तारवार गरेपनि, जरा गोडमेल गरेर पानि हाल्नु आवश्यक हुन्छ।
के छ अहिले ?
अहिले नेपालमा संघ र प्रदेशहरुमा  समानान्तर मिश्रित मतदान प्रक्रिया बिधमान छ। मिश्रित मतलव, प्रत्यक्ष ( फस्ट पास्ट द पोस्ट ) र समानुपातिक निर्वाचन प्रणाली छ। समानुपातिक निर्वाचन प्रणाली पनि चकचके केटाकेटीलाई मिठाइ बाडें जस्तो भएको छ। यसलाई पनि प्रत्यक्ष प्रणालीमा बदलि गरे अझ स्वच्छ अनि प्रतिस्पर्धी हुन्छ भन्ने मेरो बुझाइ छ।
सरल भाषामा फस्ट पास्ट द पोस्ट भन्नाले एकजाना उम्मेदवारलाइ मात्र मत हाल्न पाउने व्यवस्था हो। अरु जे जे व्यवस्था छ ठिकै छ, ठिकै होला । यद्दपि संघ र प्रदेशको प्रत्यक्ष निर्वाचनमा,यो फस्ट पास्ट द पोस्टलाइ प्राथमिकी ( प्रिफ़ेरेनसियल) प्रणालीले विस्थापित गर्नुको विकल्प छैन।  प्रतिस्पर्धा अझ बढी निखारिनु पर्दछ।
के छ फरक ?
प्राथमिकी निर्वाचन प्रणाली भनेको जनताको प्राथमिकता अनुसार उम्मेदवारलाइ क्रमसंगै मतदान गर्ने प्रक्रिया हो। केहि हदसम्म यो राष्ट्रिय सभाको एकल स्थानान्तरण निर्वाचन प्रणालीसंग मिल्दोजुल्दो छ। तर  यहाँ देवका गणहरुको  कुटीलता प्रकाश पार्न आवस्यक छ। राष्ट्रिय सभामा आफ्नै प्रदेश र स्थानीय तहका मण्डले, सह- मण्डले, कमण्डले हरुले मतदान गर्छन, जनता बन्चित हुन्छन। जनताले आफ्नो मताधिकार प्रयोग गर्ने घडी त् फस्ट पास्ट द पोस्ट प्रणालीको ठगि छदै छ नि ।  एउटा कथन छ, यदि तपाईं कसैलाई विश्वस्त पार्न सक्नुहुन्न भने, उनीहरूलाई भ्रमित गर्नुहोस।
जस्तै, अहिले एउटा निर्वाचन क्षेत्रमा ३ जना उम्मेदवार छन् भने ,तपाईले  एक जानालाइ मात्र आफ्नो मत दिन सक्नुहुन्छ। बिधमान मत प्रणालीमा जसले धेरै मत हासिल गर्छ, त्यो उम्मेदवार विजय हुन्छ। तर, प्राथमिकी मत प्रणाली भन्नाले, तपाइले तिनै जानालाइ आफ्नो मत श्रेणीदिन सक्नु हुनेछ। र, विजय हुनलाई ५० प्रतिशत भन्दा बढी मत (सबै प्राथमिक मत जोड्दा ) ल्याउनै पर्छ।
तलको तुलनात्मक उद्धहारणले थप प्रष्ट पार्नेछ।  
पहिलो प्राथमिकी मतगणना  ( फस्ट पास्ट द पोस्ट )
उम्मेदवार
कम्निष्ठ
कर्मठ
कमरेस
मत
४५ 
३०
२५
मानौं यो निर्वाचन क्षेत्रमा १०० जना मतदाता छन् वा १०० मत खस्यो। यो निर्वाचन क्षेत्रमा ३ जाना उम्मेदवार छन।  कमरेस, कम्निष्ठ र कर्मठ। १०० मत मध्ये कमरेसले २५ , कर्मठले ३० र कम्निष्ठले ४५ मत प्राप्त गरेकाछन्। अहिलेको निर्वाचन व्यवस्था अनुसार जसको धेरै मत उसैको हुकुमत हुन्छ। अर्थात कम्निष्ठले सबैभन्दा धेरै ४५ मत ल्याएकाले बिजयी हुन्छ।
तर प्राथमिकी ( प्रिफ़ेरेनसियल) प्रणालीमा  मतगणनाको पहिलो चरणमा पहिलो प्राथमिकताका मतहरू गणना गरिन्छ। यदि कुनै उम्मेद्वारले खसेको मतको आधाभन्दा बढी मत प्राप्त गरेन भने, थोरै मत भएका उम्मेदवारहरू क्रमशः हटाइन्छन् र उनीहरूले प्राप्त गरेको मतलाई खण्डन गरिन्छ। अर्थात केवल दुई उम्मेद्वार बाँकी रहन्जेल सम्म ,मतदाताको प्राथमिकी अनुसार अरु उम्मेदवारहरूलाई भागबन्डा गरिन्छ।
उदाहरणका लागि कसैको पनि ५० प्रतिसत भन्दा बढी  मत नआएकाले सबैभन्दा कम मत ल्याउने उम्मेदवार प्रतिष्पर्धाबाट बाहिरिन्छ। कमरेसको सबैभन्दा कम २५ मत भएकाले प्रतिष्पर्धाबाट बाहिरियो।
कमरेसको दोश्रो प्राथमिकताहरू बाडियो , अब दुइ सम्भावना देखाईएको छ।
यस उदाहरणमा, थोरै मत भएका उम्मेदवार ( कमरेस ) लाई हटाइन्छ र त्यो मत कम्निष्ठ र कर्मठ बीच बाँडिन्छ। यसको आधारमा  मतदाताले दोस्रो छनोटको रूपमा कम्निष्ठ वा कर्मठलाइ मतदान गरेको मानिन्छ । ध्यान  दिनुहोस यस प्रणालीले प्राथमिकताहरूको वितरणमा निर्भर रहदा , परिणाम  कम्निष्ठ वा कर्मठको आउन सक्छ।
सम्भावना १.
उम्मेदवार
कम्निष्ठ
कर्मठ
 पहिलो प्राथमिक मत
४५ 
३०
दोश्रो प्राथमिक मत
१०
१५
कुल  मत
५५
४५
यो विधिमा १०० जाना मतदाताले तिनै उम्मेदवारलाई मत श्रेणी दिएका छन्। पहिलो श्रेणीमा कम्निष्ठलाइ ४५ र कर्मठलाइ ३० मत परेको छ। बाकीं रहेका २५ मतदाताले दोश्रो श्रेणीमा कम्निष्ठलाइ १० र कर्मठलाइ १५ मत दिएका छन्(पहिलो श्रेणीमा कमरेसलाइ २५ मत दिएको मानिन्छ )। यसरि दुवै,पहिलो र दोश्रो प्राथमिक मतगणना गर्दा कम्निष्ठको ५५ ( ५० प्रतिसत भन्दा बढी ) र कर्मठको ४५ मत हुन्छ। त्यसैले कम्निष्ठ बिजयी हुन्छ ।
सम्भावना .
उम्मेदवार
कम्निष्ठ
कर्मठ
 पहिलो प्राथमिक मत
४५ 
३०
दोश्रो प्राथमिक मत
२१
कुल  मत
४९
५१
यो विधिमा १०० जाना मतदाताले तिनै उम्मेदवारलाई मत श्रेणी दिएका छन्। पहिलो श्रेणीमा कम्निष्ठलाइ ४५ र कर्मठलाइ ३० मत परेको छ। बाकीं रहेका २५ मतदाताले दोश्रो श्रेणीमा कम्निष्ठलाइ ४  र कर्मठलाइ २१  मत दिएका छन्(पहिलो श्रेणीमा कमरेसलाइ २५ मत दिएको मानिन्छ )। यसरि दुवै,पहिलो र दोश्रो प्राथमिक मतगणना गर्दा कम्निष्ठको ४९ र कर्मठको ५१ मत ( ५० प्रतिसत भन्दा बढी ) हुन्छ। त्यसैले कर्मठ बिजयी हुन्छ ।
अब आफै हिसाब गरौ गएको निर्वाचनमा अहिले भन्दा धेरै नयाँ अनुहारहरुले अवसर पाउथे  ?
नेतृत्वले यो बुझ्न जरुरि छ कि नेतृत्व शक्तिको बिषय हो , बलको हैन। यो शक्ति हृदयबाट आउने संगठित प्रयास हो।
हामी जनताको प्रवृति पनि  - जसो जसो पुरोहित त्यसै त्यसै जजमान हुनु भएन। ओम गणेसाय नम: भन्दा नि स्वाहा , तम् तेरिमासय नम् : भन्दा नि स्वाहा।चाकडी समाजको जीवनको लागि पियक्कड हुनु भन्दा  बढी खतरनाक हुन्छ । युवाको प्रमुख हतियार भनेको समय हो। समय नै वास्तविक पुँजी हो , तर त्यो तब पुँजी हुन्छ, जब त्यसको सहि उपयोग गरिन्छ।
 बुडो कोइलिको बोलि जति मिठो भए पनि निन्द्राबाट ब्युझिन तन्नेरी भाले बास्नै पर्छ।यद्दपि भाले बिहान बास्नु पर्छ, अरुबेला हैन।  अर्थात अस्थिरतालाइ मलजल नगरी ,आउने निर्वाचनबाट जवाफ दिने।
 हनुमान बन्न आजैको मितिबाट त्यागौं । यहाँ सत्य -पुरुष राम कोहि छैनन् , यदि थोरै थिए भने अब बाकीं छैनन् , अरु भए अझै देखिएका छैनन्। कहिले देखिने छन् - राम जाने।
हाम्रा नाति- नातिनाले पनि शिशिर योगीको गीत,, " यो देशमा म एउटा मानिस खोजि रहेछु " नै सुन्नु पर्छ होला कि भन्ने आभास  हुन्छ । अझपनि कामना गर्छु यो गीत हामीले भबिष्यमा देश काकाकुल हुदा हैन , बरु आफ्ना सन्ततिलाई लघुकथा सुनाउदा  काम लागोस।
जय देश !
 -अनिश आचार्य 

Comments

Popular posts from this blog

म आलु विपक्षी

हेल्पलाइन नम्बर १७ ०००

हनुमान नभन...