सत्ताको नानीदेखि लागेको बानी
हामीले
दिनहु जसो गर्ने व्यवहार
वा क्रिया जुन नियमित
हुन्छ वा बारम्बार दोहोरिन्छ,
सोहि क्रिया अवचेतन पनि प्रकट हुनुलाइ
नै बानि भनिन्छ। प्राय
बानि- व्यवहार मानिस ध्यानपुर्वक नभई अविछिन्न गरिरहन्छ
किनकि उसले आफ्नो कर्मको
समिक्षा गर्दैन। अर्थात्, उसले आत्म- समिक्षा
गर्नुपर्ने जरुरि ठान्दैन। कहिलेकाहीं बानि, ठिक वा बेठिक
जे भएपनि, अनिवार्य भईदिन्छ।
विल्लियम जेम्स भन्छन," हाम्रो सम्पूर्ण जीवन, एक निश्चित रूप
भएतापनि , यो बानीहरूको एक
पुञ्ज हो"। हामीले गर्ने
हरेक चुनाव, एक विचारित निर्णय
प्रक्रियाबाट भए झैँ लाग्छ,
तर यो त फगत
हाम्रो बानिबाट प्रेरित भएको हुन्छ।
सन्
२००६मा ड्युक
विश्वविद्यालयबाट प्रकाशित एक शोधपत्र अनुसार,
मानिसले हरेकदिन गर्ने ४० प्रतिशत भन्दा
बढी कर्म वास्तवमा निर्णय
हुदैनन्, यो त् बरु
उनीहरुको बानीको परिणाम हुन्छ।
प्राविधिक
दृस्टीकोणबाट भन्नु पर्दा, बानि एक छनौट
हो , जुन हामी सबैले
जानाजानी कुनै बिन्दुमा अपनाउँछौं
र त्यसपछि यसको बारेमा सोच्न
छाडीदिन्छौ तर
गर्न जारी राख्दछौं।
पुराना
बानीहरु त्यागेर, नयाँ बानि अपनाउन
ज्यादै कठिन हुन्छ किनकि
बारम्बार उही कार्य गरिरहदा
यसका व्यवहारिक ढाचां मस्तिस्कमा छापीएर बसेको हुन्छ। परन्तु, पुनरावृत्तिको माध्यम बाट नयाँ बानी
बसाल्न सम्भव चाहिं
छ।
एउटा
घटना घट्यो :
बर्षको
सुरुवातमै वीर अस्पताल परिसरमा
एकजाना बिरामी देखापर्यो। उमेरले ७०को आसपास, दुइ-
तिहाई ज्यान भएको, आकांक्षाले अग्लो, सेतो फुलेको तर बाक्लो सिद्दान्तको
कपाल अनि शरीरमा गणतन्त्रको
अत्तर लगाएको, जग नै मग-मगाउने गरि।
उसको
नाम सत्ता रहेछ। त्यो वीर अस्पतालको
गमनमा अर्धाङ्ग कर्मचारीतन्त्रले हातमा समाएर डोहोर्याउदै चिकत्सकको कक्षमा लग्दै गरेको दृश्य थियो।
करिब
३० बर्ष पहिले बहुदलको
भर्यांगमा चिप्लिएर, दलाल- पुजिवादको भुइँमा पछारिदा, सत्ताको टाउकोमा गहिरो चोट परेको रहेछ।
जसले
गर्दा सत्ताको मस्तिस्कको मध्य भागमा, जसलाई
अंग्रेजीमा "बेसल गंग्लिया " भनिन्छ,
अतुलनिय क्षति पुर्याएको रहेछ। बुझ्नेगरी भन्दा यो भागमा हुने
समस्या पार्किन्सन, अलजाइमर जस्ता रोगको
कारण पनि बन्न सक्दछ।
फलस्वरूप, सत्तालाई घरि बुरुक्क, घरि
थचक्क बस्न मन लाग्ने
रहेछ। एक कदम अगाडी बढेर मख्ख पार्ने, अनि दुई
कदम पछाडी सरेर तिन छक्क पारिदिने रहेछ । यसको
"साइड -इफेक्ट" भोग्नुपर्ने जनतालाइ भने, छिन् छिन्
मै हास्न अनि छिन् छिन्
मै रुन मन लाग्ने
रहेछ।
अनि
पो त् चुनाव अगाडी
गरेका भाषण, चुनाब पछि बिर्सिने। बिहान
गरेका वाचा बेलुका भुल्ने,
योजना बनाउने तर कार्यान्वन गर्ने
बेला अल्मलिने भएको रहेछ। विचारा
जनता पर्खि बसे नौंलो बिहान
आउला भनि, अब आफैँ
उठ्ने पालो हो।
बिर्सिने
बानीले कर्मचारीतन्त्र पनि दिक्क मान्छन्
रे। एउतै
फाइल दिनमा चार-चोटी माग्यो
अनि बारम्बार उही प्रश्न गर्यो,
यो कताको फाइल हो ? पहिला
पहिला त् एक खेप
खादा हुन्थ्यो, अहिले त् छाक
मै ४-५ चोटी
(घुस) मागेर हैरान परिसके भन्छन। कुशासनको मोटोपना भयो भने ? बिर्सेर
हो कि लत लागेको हो ?
ए साच्चिं सत्तालाई
यो रोगलागे देखि ! अब - सर बादी हरु एक ,वर्ग दुई ,सरकार तिन र भ्रष्ट चार हुने गज्जब
मौका मिलेको छ |
यसो टहलाउन बाहिर
निकाल्यो खालि, सुशासन,समृद्दी र रुपान्तरणको भासण
छाटेर, जनतालाई मात्र हैन आफैलाई पनि
भ्रममा राख्न लालायित छन्। फेरी भाषण सम्झिदिए त् हुन्थ्यो नि , अहिले भन्यो भरे बिर्स्यो।
अरु
त् अरु भए, आफ्नै
जनतालाइ पनि नचिन्ने कस्तो
रोग लागेछ बरै। मत हाल्ने
बेला यी तिम्रा जनता
हुन् , यिनीहरुको तिमीले ख्याल राख्नु पर्छ भनेर सम्झायो,
मत परिणाम आएको भोलिपल्ट जनतालाई,
" तिमि को हो ?" भन्छन।
अझै जनता उपचार
आफै गर भन्यो , छाक आफै टार भन्यो, सुरक्षा आफै गर भन्यो, कर चाही बारम्बार माग्यो
भन्दै गुनासाको डोको बिसाउछन् । बिचरा भुलक्कड सत्तालाई !
डाक्टरहरुले
पहिलानै जनतालाइ सावधान गराएका रहेछन। उनीहरुले भनेका रहेछन, "सत्ताको बिर्सिने बानि छ , एकदम
होसियार रहेर लगातार निरीक्षण
गर्नु"।
अब त् पहिला भन्दा
अलि सम्झना राख्ने भएका छन् , विस्मृति
धेरै समय रहदैन भनेर
कुर्सिमा एक्लै छोडेर आफ्नो नित्य कर्ममा जनता गए। तर
एक बिहान दुइ -तिहाईको झोला
बोकेर किनमेल गर्न बजार हिडेका
सत्ता अझै घर फर्केका
छैनन्।
बानीको चरम चक्र :
बहुदलको
भर्यांगमा लड्ने बित्तिकै दलाल सोधकर्ता हरुको
समुहले सत्ताको "बेसल गंग्लिया" मा
हानि भएको हो कि
हैन ? अनि " बेसल गंग्लिया" नै
बानि बिकास गर्ने अभिन्न अंग हो ? भन्ने
शिर्षकमा बृहत खोज गरेछन्।
किनकि उनीहरुलाई जानकारी थियो कि यस्ता
प्रकृतिका बिरामीहरु अचानक पहिले सिकेका दर्शन, विचार र क्रान्ति बिर्सिनछन्।
त्यसपश्चात,
उनीहरूले नयाँ सुक्ष्म प्रविधिको प्रयोग गरेर,
सत्ताको टाउको भित्र भईरहेको क्रियाकलाप विस्तारमा अध्यन गरे। यस निरीक्षणबाट
आएको परिणामले उत्साहित हुदै, उनीहरुले आफुले चाहेको शिलशिला स्थापना
गर्ने निधो गरे। यसको
लागि जरुरि थियो, मस्तिस्कमा एउटा नितान्त नयाँ
बानिको विकास गर्न।
यस खातिर दलाल सोधकर्ताहरुले सत्ताको
मस्तिस्कमा नव- उद्दारवाद धातुको
पातलो डोरो सामिल गराए।
पछि सत्तालाई टि-आकृत खुला
अर्थतन्त्रको भुलभुलैयामा राखे, जसको एक छेउमा
लोकतन्त्रको मिठाइ राखिएको थियो।
भुलभुलैयाको
निर्माण यस्तो भयो कि जसमा
सत्तालाइ एक
बाधा अगाडी राखियो
र त्यो बाधा मात्र
विदेशीको इशारामा खुल्ने खालको थियो।
यद्दपि,
लोकतन्त्रको इनाममा बिदेशी स्वार्थको जलप लगाएको सत्ताले
पत्तै पाएन। थाहा पाउञ्जेल सत्ताले
आफ्नो यस बानीको बिकास
गरिसकेको थियो। यो, सत्ता बानीको
चरम चक्रमा अभ्यस्त भईसकेको अवस्था थियो।
यहीबीचमा,
सत्ताको मस्तिष्कमा नचिताएको परिणाम देखियो: प्रत्येक सत्ताले भूलभुलैया पार गर्न सिकेसंगै , यिनको मानसिक गतिविधिमा कमी आयो ।
जति- जति मार्ग स्वचालित
हुन थाल्यो , प्रत्येक सत्ता जनताका बारे कम-
कम सोच्न थाले।
यो बानीको बिकास जटिल र अन्योन्यास्रित
हुदै गयो। सत्ताको मार्ग पुरा गर्ने सुरमा
महत्वपुर्ण चिज अर्थात जनताको
चासो पहिल्याउन सक्ने सामर्थ्यमा ह्रास आउदै गयो। उ
बानिको चरम चक्रब्युको पासोमा
उठ्नै नसक्ने गरि गाडियो।
असर:
न झांडीमा लुकेका
प्रतिगामी सिकारी देख्छ न परदेशी हावाको
दबाबको मतलब गर्छ। बस
जे उसको प्रणालीमा स्थापित
छ , उ त्यहि नै
गर्छ।
बरु सत्ता निश्चिन्त
छ , चिन्तित छैन। उसले कहिले अर्धाङ्ग कर्मचारीतन्त्रलाइ
सोधेन कि, “उ किन अस्पतालमा छ”? उ अनिश्चितताका बीच ढुक्क छ।
सत्ताले आफ्नो स्मरण गुमाएको लगभग ३० बर्ष भयो। उसलाई
नहुनुपर्ने काम भईरहेको जानकारी पनि छ तर उ
यो अवस्थामा ठिक छ।
बानि मस्तिष्कमा
यस्तरी टाँसियो कि सत्ता चाहेर पनि आफुलाई सहयोग गर्न सकिरहेको छैन। बारम्बार त्यहि
क्रिया गर्ने हुदा बानि सत्ताको अनुमति बिना नै प्रकट अनि चिर स्थापित भएको छ ।
हामी जनतालाई
चाहिं हानि भईरहदा , सत्ताको चाहिं नानि देखि लागेको बानि भएको छ ।
-अनिश आचार्य
Comments
Post a Comment