अर्को जन्ममा चाहिं नेपाली हुन पाऊ
आदरणीय
आमा
साष्टाङ्ग
दण्डवत्
"म
यहाँ सन्चै छु" भनेर भन्ने अवस्था
सायदै आऊछ होला | "त्यहाँ
तपाईहरुलाई पनि सुबिस्तै होला
" भनेर ढाडस दिन पनि
सक्दिन | रात-दिनको तपाईको
दुर्गति पर वाट टुलुटुलु
हेरेर बस्नुको पीडाबोध असह्य छ | आफ्नै सन्तानले
तपाईलाइ एउटी अबलाको भाति
अलाप गर्ने स्थितिमा पुर्याएको, म गम्भीरताका साथ
नियालिरहेको छु |
आमा
, तपाईले बेसीमा घाँस काट्दै सुसेल्ने
"एक जुगमा एक दिन एकचोटि
आउछ , उलट -पुलट उथलपुथल
हेरफेर ल्याउछ " भन्ने आवाज हामी
खर्कमा सुनेर स्वप्ननगरीमा सयर गर्थ्यौ | यो
गीत त् तपाईले हामी
दाजुभाइ दिदीबहिनी मध्ये चुनिदिनु भएको अगुवा अनि
विद्वान ठुल्दाई ठुल्दिदी हरुले पनि सुन्नुहुन्थ्यो | हामी
सबैले तपाइलाई सुखी, खुशी अनि अझै
सुन्दर बनाउने संकल्प गर्ने गर्थ्यौ | फेरी तपाईले सुसेल्ने
"हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए
, बन्दैन देश दुई- चार
सपुत मरेर नगए " भन्ने
सुनेर कतिले बलिदानी दिए , त्याग गरे हिसाब छैन
| पहिला युद्दको मोर्चाबाट लड्दा लड्दै वा अधिकारको आन्दोलनमा
शहिद हुन्थे , तर अहिले परिस्थिति
बेग्लै छ। शहिदहरु काठको
बाकसमा दुरदेशबाट आयात गरिन्छ। यस्ता
शहिदको सरोकार कसलाई पो छ र
?
ठुल्दाई-ठुल्दिदी हरुलाई राजनीतिले आजीवन वृत्ति दिइहाल्यो, हामी चाहिं दुरदेशको
कमारो-कमारी कति जुनीसम्म हुनुपर्ने
हो ? कथम उनीहरु, तपाइको
गोडामा झुक्न आएभने , शिरमा तपाईको माटो लेप्न आए
भने , प्रश्न गरिदिनु होला। तर होसियार ! सौदाको
मसौदा नगर्नु होला।
तपाईले
त् हामीलाई स्वाभिमानी , आत्मनिर्भर र निष्पक्ष हुने
दिक्षा दिनु भएको थियो
| यी भाइमारा अगुवा दाइ-दिदिहरु आफ्नो
घर सम्पत्ति जोड्न गाउँ - छिमेक पनि गुहार्न थाले
| के
खोट भयो तपाइको पालन-पोषणमा कि ठुल्दाई - दिदीहरुले
आफ्नै आमामा आखाँ लगाईदिनु पर्यो
, हस्तक्षेप गर्नु पर्यो भनेर छर- छिमेकि
, ओल्लो गाउँ , पल्लो गाउँसँग समावेदन गर्नु पर्ने ? यो सब सुन्दा
र देख्दा मर्माहत हुने मेरो मनले
सिरुपाते खुकुरी निकालेर यिनीहरुको गर्दन च्वाट्ट छिनाउन भन्छ | यिनको कनपटी मल्हमपट्टीले पनि
निको नहुनेगरी लम्पट भएका छन्। बर्षौदेखि
गर्दै आएको ठगीको भेदन
भएपछि नौटंकी/नाटक मन्चन गर्दै
हिडेका छन्। कहिले हुने
हो भगवान यो निर्लज्जताको अवसान
? भाई-बहिनि हरुले कहिले गर्लान यिनको विरासतलाई हिरासत ?
ठुल्दाई
- ठुल्दिदीहरु निमुखा भाइ -बहिनिलाइ ललाई
फकाई , लोभ देखाएर , छलेर
वा परिवंधमा पारेर आफ्नो अड्डामा बोलाएर बकम्फुसे कुरा गर्न सिपालु छन्
| भाइ -बहिनिहरु गफ सुनेर परर्रर्रर्र
तालि पनि पीटछन् | ति
निमुखा प्रति त् मेरो धेरै
गुनासो छैन , तर तपाईले दश
नंग्रा खियाएर पढाउनु भएका विद्वान दाजु
-दिदिले पनि तालि पिट्दा
चाहिँ उदेक लागेर आउछ
| हुन् त् तपाइको कुरा
अगुवा हरुले कहिले सुन्छन् र , त्यहिपनि सुनाउने
मौका मिल्यो भने भनिदिनु होला
तपाईका अरु सन्तान सोझा
होलान तर लाटा छैनन्
| सामन्तीका चंगुलबाट बचाएको तपाइको पछ्यौरी यिनका अनुहारका धब्बा पुछन् लाई होइन |
यत्रो
महाब्यधिको कहरमा पनि केन्द्रीय बैंकका
अनुसार चालू आर्थिक वर्षको
छ महिनामा झण्डै रु पाँच खर्ब
बराबरको विप्रेषण भित्रिएछ।
आमा,
तपाईले केहि दशक अगाडी
हामी लगभग सबै भाई
-बहिनीहरुलाई राहदानीको सिरानी हाल्न सुझाएको सम्झना भयो। हामी धर्ति
छोडेर भर्ति हुन तयार भएको
क्षण समझदा पीडाबोध हुन्छ। आफ्नो जमिन छाड्न अमिन
खोज्नु परेको सम्झन्छु। अनि आफ्नै देशबाट
पराइ , बसाई-सराइ गरेको
पलपल याद आउछ।
आत्म-सम्मान बेचेक्कै
आम्दानीले भएपनि अलिअलि दानापानी अनि रहलपहलले तपाइलाई
सम्बृदीको महल बनाउने उत्कट
इच्छा राखेका थियौ। परन्तु , त्यो पनि ठुल्दाई
-ठुल्दिदीहरुले बिकासको ब्याज देखाएर सावा समेत पचाउनु
भयो। अझै नपुगेर गणतन्त्रको
तमसुकमा मिटर
-ब्याजले लोभित पार्ने प्रयास तिब्र छ। कहिले प्रदर्शन
, कहिले प्रहसनको प्रतिष्पर्धा बेजोडको छ। पेशा धरापमा
पर्दा सडकमा पलेटी कस्दा, कहिले निमुखा भाई-बहिनीका अनुहारका
कलेटी देखेका छन् ? अधिकारको नारा लगाउदै हिड्दा
, हामी दुरदेशमा हुनेको
मताधिकारको कुरा गरेका छन्
?
शक्ति
यिनलाई मद भयो , राजनीति
यिनलाई पद भयो , अनियमितता
देशको गद भयो , आन्दोलननै
नेताको कद भयो , आमा,
तपाइलाई सधै दु:ख
दिने यो अब हद
भयो।
सुध्रिने
अवसर नदिएको पनि हैन। रुखको
छहारिले सधै अन्धकार मात्र
भयो, यो अस्थिरताको जाडोमा
कति कठ्यन्ग्रिनु भनेर चौरमा घाम
ताप्न पनि निस्केका थियौ।
प्रचण्ड रापले सेकिएर बाटोमा लडेका भाइ-बहिनि हरुलाई
चेतमा ल्याउन , अहिले तपाइलाई जति सकस अरु
कसलाई भएको छ र?
तर कदाचित् छाता बोकेर छाया
दिन्छु भनेर आउनेको भर
नपर्नु होला , आमा। त्यसले केहि
समयलाई छहारी त् देला तर
तपाइलाई सहारा दिदैन।
नेपाल
छाडेदेखि कहिले नेपाली हुन पाएको छैन,
आमा। दक्षिणमा
बहादुर , मध्ये-पुर्व तिर मजदुर , पश्चिममा
गोर्खाली अनि उत्तर-पश्चिम
तिर मिस्टर भएको छु। गोठालो
भए , सुसारे भए , पखाल्ने भए
, ज्यामी भए तर अह
नेपाली हुन सकिन। सगरमाथाको
चुचुरो मनमा छ , तर
शिर खाडीमा निहुरेको छ। पुर्खाको गाथा
छातीमा टासेको छु , तर बहादुरी
छिमेकीको ढोकामा उप्किएको छ। स्वाभिमानको गौरबले
हृदय भरेको छु , तर पौरख
सात समुन्द्रपारि यथार्थतामा पोखिएको छ।
हामी
दुरदेश हुने त् अभागी
भयौ भयौ , त्यहाँ देशमै हुनेहरु पनि किन झोले
, आसे-पासे , कार्यकर्ता , मण्डले , चण्डमुण्ड, वादी , ढोंगी,पक्षपाति आदि भएका हुन्?
एउटा राम नाम जप्छ,
अर्को तथानाम खप्छ। एउटाले लाख बत्ति बाल्दा
, अर्काको भक्ति-भाव हट्छ। यी
कम-निष्ठ हरुको
रुचि छिन्न छ, बोल्छन एउटा
तर मति भिन्न छ।
यो जुनीमा प्रजातन्त्रवादी ,लोकतन्त्रवादी
, गणतन्त्रवादी , राजावादी , समाजवादी , खाउवादि , कमाउवादि , रमाउवादि , आधुनिकतावादी
आदि सबै हौऊ। एउटा बिन्ति
भगवान, अर्को जन्ममा चाहिं नेपाली हुन पाऊ।
अन्त्यमा,
कामना गर्छु भगवान श्री पशुपतिनाथले सबैको
रक्षा गरुन।
उहिँ
तपाइको अभागी सन्तान,
वीर
नेपाली
परदेश
-अनिश आचार्य
Comments
Post a Comment