खेल सिद्दान्त , चुनाव अनि एमसीसी


अर्थशास्त्रमा एउटा सिद्दान्त प्रतिपादन गरिएको , जसलाई अंग्रेजीमा गेम थेओरि ( Game Theory ) भनिन्छ। मैले चाहिं यसलाई खेल सिद्दान्त भनेर ब्याख्या गरेको छु। यो सिद्दान्त इ.सं. १९४० मा गणितिज्ञ जोन भोन निउम्यान अर्थशास्त्री ओस्कार मोर्गेस्टर्नले  प्रवर्तन गरेको, पश्चात गणितिज्ञ जोन न्याशले बिस्तार गरेको कथन छ।

खेल सिद्दान्त  भनेको के हो ?

यो प्रतिस्पर्धी खेलाडीहरु बिचमा सामाजिक स्थिति कल्पना गर्ने सैदान्तिक ढांचा हो। खेल सिद्दान्त, रणनीतिको विज्ञान अथवा स्थापित रणनीतिमा प्रतिस्पर्धीहरुको श्रेष्ठतम् निर्णय लिनसक्ने अवस्थालाई पनि भनिन्छ। यो सिद्दान्तले विवेकी खेलाडीहरु माझ सहभागितामुलक परिस्थिति निर्माण गर्न भूमिका खेलेको हुन्छ। यो खेलको मुख्य विशेषता भनेको अर्को खेलाडीले लागु गरेको रणनीतिमा रहेर यो खेलाडीले आकस्मिक लाभ प्राप्त गर्छ। यसले खेलाडीहरुको पहिचान , प्राथमिकता उपलब्ध रणनीतिहरु पहिलेनै पत्ता लगाईसकेको हुन्छ। साथसाथै, यी रणनीतिहरुले परिणाममा कस्तो कसरि असर पर्न सक्छ भनी आकलन पनि भईसकेको हुन्छ। खेल सिद्धान्त अनुसार, सबै प्रतिस्पर्धी खेलाडीहरुको कार्य छनौटले प्रत्येकको नतिजालाई असर गर्छ।तसर्थ, यस सिद्दान्तलाई विभिन्न अनुमान वा परिकल्पनाको आवश्यकता पर्दछ। खेल सिद्दान्त, मनोविज्ञान, राजनीति , जीव-बिज्ञान , युद्द , अर्थशास्त्र, ब्यापार आदिमा उपयोगी हुने भएकाले, यसको अनुप्रयोग व्यापक छ।  

खेल सिद्दान्तका प्रकार :

हामीसंग विभिन्न प्रकारका खेल सिद्दान्तहरु छन् , जस्तै सममिति , समक्षणिक, क्रमिक वा अन्य।  जसमध्य सहयोगात्मक -सहयोगात्मक आम चलनचल्तीका हुन्।

सहयोगात्मक भन्नाले  ज्ञात लाभका खातिर गरिने गठबन्धन वा सहकार्यलाई मानिन्छ। यसमा एक्ला-एक्लै भन्दा पनि समुहमा गठबन्धन बनाएर खेलिन्छ, जसको उत्कृष्ट नमुना हाम्रो चुनावमा देख्न भोग्न पाइन्छ।

-सहयोगात्मक भन्नाले आफ्नो स्वार्थ वा लाभपूर्तिका निमित्त आर्थिक अभिकर्ताहरुले उपलब्ध रणनीति ज्ञात परिणाममा  स्व बिबेक प्रयोग गरि खेल्ने कार्यलाई जनाउछ।

अब यस खेल सिद्दान्तमा हाम्रो नेपाली राजनीतिलाई राखौं अनि विश्लेषण गरौँ। तर, यसपुर्व खेल सिद्दान्तका केहि शब्दावलीलाई परिभाषित गर्नु बान्छनिय होला।

खेल : यो परिस्थितिहरुको संगालो हो जसको परिणाम खेलाडीहरुको कार्य छनौटमा निर्भर हुन्छ।

खेलाडीहरु : खेलमा भाग लिएका रणनीतिक निर्णयकर्ता

रणनीति : खेल भित्र उत्पन्न हुन सक्ने परिस्थितिहरुको संगालोलाई ध्यानमा राख्दै खेलाडीले चाल्नसक्ने कदमको  सम्पूर्ण  योजना

लाभ : एउटा निश्चित परिणाममा आईपुगे पश्चात खेलाडीले प्राप्त गर्ने भुक्तानी ( पैसा , शक्ति, पद- प्रतिष्ठा वा अन्य )

सूचना संगालो : खेलको निश्चित बिन्दुमा आईपुग्दा उपलब्ध सूचना ( यो बिशेषत अनुक्रमिक खेलमा लागु हुन्छ )

संतुलन : खेलाडीहरुले निर्णय गरेर परिणाम आए पश्चातको बिंदु वा अवस्था

 

विसंगत सन्तुलन ( The Nash Equilibrium ):

यो यस्तो परिस्थिति वा परिणाम हो जहाँ कुनै खेलाडीले आफ्नो एकल निर्णयमा लाभ बढाऊन सक्दैन उनीहरु त्यहीं निर्धारित लाभ सहितको बिन्दुमा रहन बाध्य हुन्छन। यस अतिरिक्त , खेलाडीले एकचोटी निर्णय गरेर परिणाम आईसकेपछि , त्यस अवस्थामा पश्चाताप गर्ने छैनन्। , एउटा खेलमा एक भन्दा बढी यस्ता सन्तुलन रहन सक्छन। अब हामी यस विसंगत सन्तुलनको परिदृश्य हाम्रो नेपाली राजनीतिमा हेरौं।

यो तलको परिकल्पना आगामी चुनावमा दुइवटा गठबन्धन हुने, जसमा एउटा के पी ओलीले अर्को प्रचण्डले नेतृत्व गर्ने परिकल्पना गरिएको छ। यस चुनावमा यी दुइ खेलाडीले जनतासामु दुइटा रणनीति अपनाउने अनुमान गरिएको छ।  एउटा रणनीति जनता फकाउने अर्को रणनीति जनता ठग्ने। यी दुवै रणनीति अपनाएर चुनावमा जादा आउने सम्भावित नतिजाको अनुमान गरेर, त्यस आकंडा (मैट्रिक्समा) राखेर विश्लेषण गरिएको छ।

प्रचण्ड गठबन्धन रातो रंगमा के पी ओली गठबन्धन निलो रंगमा राखिएको छ।

 

अब माथि आएका नतिजाहरु बाट यी दुइ राजनीतिक खेलाडीको प्रभावी रणनीति उजागर गर्ने चेष्टा गरौँ।

पहिला के पी ओलीको रणनीतिक निर्णयमा प्रचण्डको कदम के हुन्छ विश्लेषण गरौँ।

यदि के पी ओलीले जनता ठगेर सांसद संख्या थप्ने प्रयास गरे भने प्रचण्डले पनि जनता ठग्ने रणनीति अपनाउछन्। किनकि के पी ओलीले जनता ठग्दा ७० सिट आउछ भने प्रचण्डले फकाउदा ३० मात्र आउछ त्यसैले प्रचण्ड पनि जनता ठगेर ६७ सिट ल्याउने ध्याउन्नमा लाग्छन।  तर यदि  के पी ओलीले जनता फकाएर संसद संख्या थप्ने प्रयास गरे प्रचण्डले यो अवस्थामा पनि जनता ठग्ने रणनीति नै अपनाउछन्। किनकि के पी ओलीले जनता फकाउदा ५५ सिट आउछ भने प्रचण्डले फकाउदा मात्र ४५ सिट आउछ तसर्थ प्रचण्डले यहाँ पनि जनता ठगेरै ५१ सिट ल्याउने अवसर देखछन्।

अब प्रचण्डको रणनीतिक निर्णयमा के पी ओलीको कदम के हुन्छ विश्लेषण गरौँ।

यदि प्रचण्डले जनता फकाएर संसद संख्या थप्ने प्रयास गरे के पी ओली जनता ठग्नतिर लाग्छन्। किनकि प्रचण्डले जनता फकाउदा ४५ सिट आउने सम्भावना हुन्छ भने केपी ओलीको ५५ मात्र आउछ त्यसैले केपी ओलीले  जनता ठगेर ७० सिट ल्याउने रणनीति अपनाउछन्। तर यदि प्रचण्डले जनता ठगेर संसद संख्या थप्ने प्रयास गर्दा केपी ओली  भने जनता फकाउन तिर लाग्छन।  किनकि प्रचण्डले जनता ठग्दा ६७ सिट संख्या आउने सम्भावना हुन्छ भने केपी ओलीको ३३ मात्र त्यसैले केपी ओली जनता फकाएर ४९ सिट ल्याउन लाग्छन।

यसरि यी दुवै खेलाडीले खेल खेली सकेपछि यिनीहरुको प्रभावी रणनीति कि छैन त् भनेर हेर्दा प्रचण्डको प्रभावी रणनीति भएको देखिन्छ।  जुनसुकै परिस्थितिमा पनि प्रचण्डको प्रभावी रणनीति जनता ठग्ने देखिन्छ। यता केपी ओलीको भने एकैनासे प्रभावी रणनीति नहुने देखिन्छ। बरु उनको परिस्थिति सापेक्ष कहिले जनता ठग्ने त् कहिले जनता फकाउने रणनीति रहेको उजागर हुन्छ।

थप, यदि एकले अर्कालाई सहयोग नगरी जाने स्थितिमा प्रचण्डले ५१ केपी ओलीले ४९ सिट संख्या ल्याउने परिकल्पना गर्न सकिन्छ यो अवस्थालाई नै विसंगत सन्तुलन ( The Nash Equilibrium ) भनिन्छ, जहाँ ५१,४९ को नतिजा आउन सक्छ उनीहरु त्यहीं निर्धारित लाभ सहितको बिन्दुमा रहन बाध्य हुन्छन।

 

द्रष्टब्य: माथिको आंकडा परिकल्पना गर्दा १०० लाई अधिकतम मानेर गरिएको हो यो चुनावी बजारमा वटा मात्र चुनावी गठबन्धन हुन्छ भन्ने कल्पनामा आधारित

 

खेल सिद्दान्तका केहि उदहारण :

कैदीको  दुविधा:

यसलाई सरल तरिकाले बुझ्नको लागि, एकै अपराधमा पक्राउ परेका  दुइ कैदी सम्झनुहोस। न्यायधिससंग अपराधि करार गर्ने केहि ठोस प्रमाण छैन। तैपनि , कबूल गरिहालछन् कि भनेर दुवै कैदीलाई छुट्टा छुटै राखेर सौदा गर्न वटा विकल्प दिने प्रक्रिया हो।

अब यसलाई पनि हाम्रो अहिलेको राजनीतिमा MCC  ले  निम्त्याएको दुबिधाको स्थितिमा रहेर विश्लेषण गरौँ।

 

यो माथिको बाकसमा दुइटा रणनीति - एउटा MCC  पारित गर्ने , अर्को MCC पारित नगर्ने। सहभागी पनि दुइटा छन् - सत्ता पक्ष, अर्को सत्ता इतर। अब यी रणनीतिबाट आउने नतिजाहरुको ब्याख्या गरौँ :

१. यदि दुवै पक्षले पारित गरे भने , उनीहरु प्रत्येक बर्षे सत्ता हात लगाउन सफल हुनेछन।

२. यदि सत्ता पक्षले पारित गर्यो , तर सत्ता इतरले पारित गरेन भने सत्ता पक्षले बर्ष सत्ता इतर ( सत्ता छैन ) मा सिमित हुन्छ

३. यदि सत्ता इतरले पारित गर्यो , तर सत्ता पक्षले पारित गरेन भने सत्ता इतरले बर्ष सत्ता पक्षले ( सत्ता छैन ) मा सिमित हुन्छ

४. यदि दुवै पक्षले पारित गरेनन भने , उनीहरु प्रत्यक सत्ताबाट बन्चित हुनेछन। त्यसको मतलव दुवै पक्षलाइ हातलाग्यो सुन्ना।  त्यश्पश्चात, अर्को खेलाडीको खोजि सुरु हुन्छ।

यिनीहरुको लागि सबैभन्दा उत्तम रणनीति भनेको जनता झुक्याएर MCC पारित गर्नु नै हो।

तथापि, कैदीको  दुविधा खेलमा दुवै कैदीलाई अर्काको रणनीतिको पत्तो हुदैन , तर हाम्रो राजनीतिमा चाहिं यो नियममा अलिकति भिन्नता छ।  रणनीति दुवै पक्षलाई थाहा , मात्र जनता कसरि झुक्याउने भन्नेमा हलो अड्केको छ।

अधिनायकवादी खेल:

यस खेल सिद्दान्त अन्तर्गत,यो पनि निकै सरल खेल मानिन्छ। मानौं दुइ खेलाडी छन् - घामपन्थी बामपन्थी। यो खेलमा घामपन्थीले बामपन्थीलाई कसरि इनाम विभाजन गर्ने भन्ने निर्णय गर्नु पर्छ। जबकि घामपन्थीको निर्णयमा बामपन्थीको  केहि भूमिका हुदैन। यो खेलले व्यक्तिको व्यवहार अंतर्दृष्टि गर्ने मौका प्रदान गर्दछ।

यस खेलमा घामपन्थीलाई निर्धारित धन (संसद वा हैसियत ) दिइएको हुन्छ , जसको केहि अंश बामपन्थीलाई दिनुपर्ने हुन्छ। बामपन्थीले स्विकार्न गर्न पनि सक्छ वा अस्विकार गर्न पनि सक्छ। खेलको नियमले के भन्छ भने यदि बामपन्थीले प्रस्ताव अस्विकार गरे , दुवै घामपन्थी बामपन्थीले केहिपनि पाउदैनन। अहिले भईरहेको यहि हैन त् ? भुइँको टिप्न खोज्दा पोल्टाको पनि खसेको।

तथ्यहरुले पुष्टी गर्दछ कि ५० प्रतिसतले सबै इनाम आफैसंग राखछन् , प्रतिसतले मात्र बराबर बाडफाड गर्छन अरु बाकि ४५ प्रतिसतले थोरै हिस्सा मात्र दिनछन्।

स्वयंसेवीको दुविधा:

यो खेलले चाहिं, कोहि एकजानाले आम हितको लागी कार्य वा नियंत्रण आफ्नो अधिनमा लिनु पर्छ भन्ने हो।

यदि कोहि पनि स्वयंसेवी नभएको खण्डमा सबैभन्दा खराब सम्भावित नतिजा प्राप्त हुने निश्चित हुन्छ।

उदहारणका लागी , मानौं एउटा राजनीतिक दल चरम अस्थिरता अराजकताबाट गुज्रिरहेको छ। यसका ठालु हरुले यो दुरा अवस्था पार लाउन सकेनन। केहि तल्लो दर्जाका हरुलाई उपाए थाहा सुझाव दिन पनि मन तर आफ्ना केहि हितैसी अपदस्त हुन्छन कि भन्ने डरले बोल्ने आट गरेका छैनन्। यस्तो अवस्था रहिरह्यो कोहि पनि स्वतस्फुर्त स्वयंसेवी भएन भने त्यस दलको दलदलमा भासिने दिन धेरै टाढा हुदैन। अहिले ठालु हरुको जुङ्गाको लडाईमा यस्तै स्वयंसेवीको आवश्यकता परेको हैन ? रमिता हेर्दा हेर्दै रिंगटा लगेर ढल्ने बेला भईसक्यो।

निष्कर्ष :

यो त् मात्र एउटा अवस्थामा परिकल्पना गरेर विश्लेषण गरि हेर्यौं अहिलेका सबै राजनीतिक कर्म , निर्णय रणनीति हेर्दा यस्तै- यस्तै परिदृश्य देखिनेछ। कांग्रेसको हेरौं , जसपाको हेरौं , अरु बिदेशी क्रियाकलाप हेरौं। सबै तिर लगभग यस्तै अवस्था ब्याप्त छन्।

खेल खेल्नु तर नैतिकतामा रहेर। रणनीति बनाऊ तर जनता ठग्ने उपाए हैन। खबरदार, फेरी पनि भन्छु बन्द गर नैतिकताको रटान , हामीलाई सहानुभूतिको तालि पाउने कुटिल उपाए जस्तो लाग्छ। नभन 'जनताका लागि' यो हामीलाई गालि जस्तो लाग्छ। 'राष्ट्रको हित' भन्नु त् केवल ठगि खाने भाँडो भयो। हामी अभागी नेपालीलाई नेता मात्र हैन , तिमीहरुको छाया पनि घाँडो भयो। जनताले नबुझेका हुन् तिमीहरुका मुद्दती हुने बिधि पद्दति ?

-अनिश आचार्य 

 

 

 


Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी