हनुमान नभन...

 


प्रस्तावन: यस लेख लाई यथाशक्य सन्देशमुलक अनि सूचनामुलक बनाउने आयस गरिएको छ। कृपया यो लेख पढीसकेपछि हनुमान शब्द नकारात्मक लक्ष्यार्थमा प्रयोग नगरिदिनुहोला।

 

श्रीगुरु चरन सरोज रज निज मनु मुकुरु सुधारी।

बरनउँ रघुबर बिमल जसु जो दायकु फल चारि।। 

बुद्धिहीन तनु जानिके सुमिरौँ पवन - कुमार।

बल बुधि बिद्या देहु मोहिं हरहु कलेस बिकार।। 

 

हामी दिनहु जसो सामाजिक संजाल वा  प्रत्यक्ष कुराकानीहरुमा हनुमान शब्द प्रयोग भएको देख्छौ, सुन्छौ।  प्राय: यो 'हनुमान' शब्द नकारात्मक लक्ष्यार्थमा  राजनीतिक कार्यकर्ता, नेताका सहयोगी , दुराचारी वा अपराधिका समर्थक आदिलाइ व्यापक प्रयोग हुने गर्दछ। तुलनात्मक रुपले अहिले यस शब्दको प्रयोग अलि कम भएको हो कि जस्तो लाग्छ तर प्रयोग गर्न सम्पूर्ण रुपले त्यागिएको भने हैन। यसको बदलामा कट्टप्पा , साइबर सेना , अरिंगाल जस्ता शब्दले ठाउँ पाएको छ। परन्तु , कहिलेकाही जाने -माने बुद्दिजिवि , पत्रकार , नेताहरुले 'हनुमान ' शब्दको बडा सहजताका साथ् दुरुपयोग गरेको देख्दा उदेक लाग्छ। कोहि जानाजान भन्छन , कोहि बुझ पचाएर भन्छन , अरु बाकीं नबुझेका हरु त् पछि पछि हुने भइहाले। ति कुत्सित मनसाय राख्ने दुर्बुद्धि- बुद्दिजिवि परजीवी हुन् यिनीहरुले स्थापित गर्नखोजेको बैचारिक जालको प्रतिजिवी यथासक्य छिटो लागुगर्न अत्यावश्यक छ।

को हुन् हनुमान ?

देवताका पनि देवता महादेवको ११ वटा रुद्र छन्। तिनै रुद्र मध्येको उच्चतम रुप हनुमान हो  , अर्थात वायु पुत्र हनुमान महादेवको अवतार हो

रामचरित मानसमा हनुमानजी लाइ माहावीर भनिएको छ। वीर भन्नाले पाँच लक्षण युक्त हुनु पर्ने भनिएको छ। बिद्या-वीर , धर्म-वीर , दान - वीर , कर्म- वीर बल- वीर। भगवान राम यी सबै लक्षणयुक्त हुदाहुदै पनि हनुमानजीले भगवान रामलाई पनि आफ्नो वशमा परेकाले माहावीर भनिएको हो।

हनुमानजी शक्ति, भक्ति उर्जाको प्रतिक हुनुहुन्छ ।अधर्मको बिरुद्ध विजय हासिल गर्न सक्ने क्षमता हनुमानजीमा निहित छ। हनुमानजी  कलावाज - कुस्तिवाजमा पनि निपुण अनि  ध्यान, ज्ञान राष्ट्रियताको प्रतिक मानिन्छ।

हनुमानजी, धर्म अधर्म मध्ये धर्मको पक्ष , मर्यादा अमर्यादा मध्ये मर्यादाको पक्षमा उभिनु भएको छ। उहा चारै वेद, उपनिसद अनि अरु अनेक शास्त्रको ज्ञाता हुनु हुन्थ्यो। 

रामायणको एक अध्यायमा हनुमानजीको नि: स्वार्थ भक्तिको वर्णन गरिएको छ। लंकाको युद्दमा रावणलाई परास्त गरेर राम , सीता, लक्ष्मण हनुमानजीको अयोध्या वापसी हुन्छ। अयोध्यामा श्री रामले राज्य अभिषेक पश्चात सबै सहयोगी - संगी हरुलाई उपहार दिनुहुन्छ।  किन्तु हनुमानजीले उपहार अस्विकार गर्नु हुन्छ। उपहारमा प्राप्त मोति टोक्दै, फ्याक्दै गर्नुहुन्छ।  यो दृश्य देखेर आश्चर्य अनि क्रोधित हुदै सभामा उपस्थित अधिकारीहरुले श्री रामको अपमान नगर्न अपिल गर्छन। तब हनुमानजी ले आफुले त्यस मोतीको गेडामा श्री रामलाई खोजेको तर नभेटेको प्रतिक्रिया दिनुहुन्छ। तत् पश्चात आफ्नो छाति चिरेर राम -सीताको छवी प्रकट गर्नुहुन्छ, जसले एक सच्चा भक्तको चित्रण गर्दछ।

हनुमान नाम कसरि रहन पुग्यो ?

हनुमानजीले  केशरी अन्जनाको पुत्रको रुपमा जन्म लिनुभयो , त्यसैले हनुमानजीको बाल्यकालमा नाम अन्जन्ये वा अन्जनी पुत्र रहन गयो। तर पछि युवाकालमा हनुमानजीले सुर्यलाइ पाकेको आप ठानेर आकाशतिर जादै गर्दा इन्द्रदेवले बज्र प्रहार गरेर रोकेको कथनी छ। जसले गर्दा हनुमानजीको बङ्गारा विकृत भएको थियो। त्यसैले उहाको नाम हनुमान (हनुमन) रहन गएको हो। संस्कृतमा 'हनु ' को अर्थ बङ्गारा 'मन' को अर्थ विकृत हुन्छ।

फलत इन्द्रदेवले गरेको गल्तिको कारण प्रत्यक देवताबाट हनुमानजी लाइ एउटा - एउटा बरदान प्राप्त भयो। इन्द्रदेवले आफ्नो अस्त्र बज्रको जस्तै बलियो शरीर हुने , अग्निदेवले अग्नि निष्प्रभावी , वरुणदेवले वरुण निष्प्रभावी, वायुदेवले वायु जस्तै तेजवान , ब्रम्हादेवले जुनसुकै ठाउँ जान सक्ने विष्णुदेवले अस्त्र 'गदा' बरदान दिएको विवरण रहेको छ।

शास्त्रनुसर हनुमानजीका विलक्षण विशेषता सहितका १०८ नाम रहेका छ। जस्तै - बज्रंगवली , संकटमोचन , महावीर आदि।

गलत चित्रणको नतिजा :

सद्गुरुले एक प्रसंगमा हनुमानजीको बर्णन गर्ने क्रममा हनुमानजी बादर नभएर दक्षिण भारतीय (तमिल ) समुदायको रहेको जिकिर गर्नु भएको छ। राम-लक्ष्मण सीताको खोजीमा भौतारिदै अहिलेको दक्षिण भारतमा पर्ने किश्किंदा राज्यमा पुग्दा तमिलहरु संग भेट भएको थियो। किश्किंदा त्यहि राज्य हो जहाँको राजा सुघरिभ थिए हनुमानजी त्यस राज्यको मन्त्रि। तिनै तमिल सेनाको साथ् सहयोगले श्री रामले रावणको अन्त्य गरेर लंकाबाट  पत्नी सीतालाई मुक्त गर्नु भएको थियो।

सद्गुरुका अनुसार त्यसबेलाका तमिल हरुले  भगवान यहि पृथ्वीमा हुने मान्यता राख्दथे। उनीहरुको भगवान माथि आकाशमा हैन , बरु यहि पृथ्वीमा हुने बिश्वास थियो। जबकि अहिले मानिसहरु यो पृथ्वी भन्दा पनि राम्रो अर्को कुनै ठाउँ रहेको स्वर् कल्पनामा रमाउने गर्छन। उनको अनुसार , तमिलहरुमा अन्तर्निहित प्रतिबद्दता हुने भक्तिभावको सुसंकृत विशेषता रहने बताउनु हुन्छ। तिनै तमिल हरुले समर्पण सहित रामको पक्षमा युद्द लडे विजय प्राप्त गरे। तिनै मध्येका एक तमिल हुनु हुन्थ्यो  , हनुमान जी।

त्यसो भएतापनि , रामायण काल पश्चात केहि अपारगामी मानिसहरुले दक्षिण भारतीय तमिलहरुलाई बादर चित्रित गरे। फलस्वरुप हनुमानजी जस्तो परमनायक त्यस गलत चित्रणको सिकार बन्नु पर्यो।

कस्तालाई हनुमान भन्ने ?

गुरु डा. निर्मलमणि अधिकारीका अनुसार जसले अति बलशाली काम गर्छ , जो हरेक परिस्थितिमा धर्मको पक्षमा , सत्यको पक्षमा उभिन्छ , जसले आफ्नो आस्था , बिश्वासको लागि पूर्ण समर्पण गर्छ , त्यस्ता व्यक्तिलाई मात्र हनुमान भन्नु पर्दछ। अझ , कसैलाई हनुमानको संज्ञा दिदा सम्मान गरेको हो भन्ने अर्थ लाग्नु पर्दछ।

बरु चणड- मुण्ड भनौ :

अहिले चल्तीको जस्तो डन, फटाहा , दलाल , दुराचारी , दुष्ट-सेवक आदिलाई हनुमान भनेर नकारात्मक लक्ष्यार्थमा प्रयोग गर्नु केवल मनोविकार हो। बरु यस्ता व्यक्ति वा प्रवृतिको समर्थन गर्ने , पक्षमा लेख्ने , बोल्ने वा भौतिक हमला गर्ने अन्धाभक्त हरुलाई चणड- मुण्ड भन्नु पर्दछ। चणड- मुण्ड राक्षसी शक्तिका सहायक हुन् आफ्नो अर्को प्रति शत्रुता के (छैन ) केहि पर्वाह नगरी आक्रमण गर भन्दा गर्ने , पाप- धर्मको ख्याल नगरी अरुका बिरुद्द जाइलाग्ने आततायी हरु हुन्।

हनुमान कस्ताले नकारात्मक लक्ष्यार्थमा प्रयोग गर्छन ?

अरु को लहलहैमा लागेर , हनुमानजीको महिमा नबुझेर भन्ने हरुले पनि अबदेखि गलत लक्ष्यार्थमा हनुमानको संज्ञा दिन बर्जित गरौँ।

यद्दपि , थाहा पाएर वा बुझ पचाएर 'हनुमान ' शब्दको दुरुपयोग गर्ने दुर्बुद्धि हरु भने पारगामीको भेषमा रहेका परोपजीवी हुन्। यिनीहरुलाई सामाजिक संजालीय भाषामा 'फण्डित' पनि भनिन्छ। 'फण्डित' भन्नाले जो अरुबाट पालित-पोषित , जो अर्काले दिएको खाएर जिविका गर्छ वा अर्काको भरमा बाचेको हुन्छ। यिनीहरु छद्मावरणमा धर्म , संस्कृति , मूल्य-मान्यता , परम्परा , इतिहासको विरासत आदि छेदनमा माहिर हुन्छन। यिनीहरु मुखमा राम राम भन्दै बगलीबाट छुरा हान्ने किसिमका हुन्छन। जस्तै , भारुराम , डलरमणि , युरोकुमार , युआनसिंह आदि मुखमा अन्न नपरुञ्जेल चकमन्न , तर मुखमा अन्न परेपछि सन्न हुने यिनका विशेषता हुन्।  यी आम-मानिसलाई बैचारिक जालमा बेर्न समयानुकुल काचुली फेर्न सिपालु हुन्छन।

तसर्थ :

अब आइन्दा यी र यस्ता बैचारिक जाल तोडेर , कुनैपनि स्थितिमा 'हनुमान' शब्दको नकारात्मक लक्ष्यार्थमा प्रयोग नगरौ। यो मात्र हैन यस्ता धर्म -संस्कृति , परम्परा वा इतिहास प्रति अपहसित कुनै पनि शब्द ,शैली वा स्थितिको समर्थन नगर्ने समर्थता राखौं।

जय हनुमान !!

-अनिश आचार्य 

 

 

 

 

Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी