Posts

हामी विकृत हुने कि विकसित हुने?

Image
  नेपालमा संचार माध्यमको   संस्थागत इतिहास हेर्दा , राणा प्रधानमन्त्री जंग बहादुर राणले बिक्रम सम्बत १९०८ ( इ स १८५१ ) मा गिद्धे प्रेसको स्थापनाबाट सुरु भएको देखिन्छ। त्यस पश्चात बिक्रम सम्बत १९५८ ( इ स १९०१ ) मा राज्यको स्वामित्वमा गोरखापत्र सुरुवात भएपनि , व्यावहारिक इतिहास भने बिक्रम सम्बत २००७ देखि यथार्थमा राणा शाशनको अबसानसंगै आरम्भ भयो। यो संगसंगै बिक्रम सम्बत २००८मा रेडियो नेपाल , बिक्रम सम्बत २०४१ सालमा नेपाल टेलिभिजन हुदै अहिले हामी अनलाइन संचार माध्यमको युगमा आइपुगेका छौ। नेपाल प्रेस काउन्सिलको बार्षिक प्रतिवेदन - २०७६   अनुसार हालको तथ्यांक यस प्रकारका छन् : सी. नं.                विवरण                                        ...

प्रत्येक विरोधमा एउटा सुकर्म खोज्ने कि!

Image
  विरोध वा प्रदर्शन, एक विचार वा कार्यप्रति आपत्ति, अस्वीकृति वा असहमतिको सार्वजनिक अभिव्यक्ति हो। यो सामान्यतया राजनीतिक हुन्छ। आन्दोलनले अनेक प्रकारका स्वरुप  लिन सक्दछ। यसको रुप व्यक्तिगत बयानदेखि जन प्रदर्शनसम्मको हुन्छ । आन्दोलनकारीहरूले आफ्नो  जनमत प्रदर्शन गर्दै , सरकारी नीति प्रभावकारी हुनु पर्ने वकालत गर्छन। उनीहरुले सार्वजनिक रूपमा आफ्नो राय सुनाउने  माध्यमको  रूपमा विरोध प्रदर्शन गर्न सक्दछन। अर्थात , उनीहरूले चाहेको परिवर्तन  लागू गर्नका लागि प्रत्यक्ष कार्य गर्न सक्छन्। अहिले बिद्यमान बिरोधका स्वरुपहरु यस प्रकारका छन् : – र्‍याली वा प्रदर्शन – परेड ( मार्च पास ) – जागरण – रोक टोली – नागरिक अवज्ञा – भेला वा समारोह – याचिका – सांकेतिक प्रदर्शन – पत्रकार सम्मेलन – मुद्दा – आक्रमण वा दंगा – हडताल – मानब बिहीन बिरोध  ( जस्तै सामाजिक संजाल भेला, समूह) आदि। यी माथिका सबै बिरोध सरकार वा सरकारका अवयव बिरुद्ध लक्षित हुन्छन्। यी बिरोधहरु विनासकारी वा (अ) विनासकारी हुन्छन्। माथिका सबै बिरोधका रुपहरु अहिले राष्ट्रिय वा अन्तर्राष्ट्रिय सन्दर्भमा प्रचलित...