म ढुक्क छु , हाम्रो जमिन फिर्ता आयो आयो !





मैले यस लेखमा लिपुलेक, कालापानी लिम्पियाधुरासम्मको जमिन फिर्ता पाउने दसी प्रमाण केहि पनि प्रस्तुत गर्दिन नेपालसंग यथष्ट सत्यता छ। सत्यको बिजय निश्चित हुन्छ त्यसैले ढुक्क छु , हाम्रो जमिन फिर्ता आयो आयो।
तर सार्वभौमसत्तामा  त् जमिन जनता दुवै निहित हुन्छ, हुनुपर्छ। जीवनको प्रधान जरुरत भोक निन्द्रा हुन् , त्यसका लागि सारा कर्म संगर्ष गरिएको हुन्छ। यहाँ एक जाना विद्वानको कथन सम्झिन मन लाग्यो -" जिन्दगी जरुरत अनुसार जिउनु पर्ने रैछ,अभिलाषा त् ठुला ठुला बादशाहको पनि पुरा हुदैन हो, यहि जरुरत अनुसारको जिन्दगि सुद्ध कालिको शिरमा बस्ने नेपाली जनताले  जिउन पाएका छन् ? 
उनीहरु आफ्नो जरो किलो बिर्सेर, इतिहासको विरासत भुलाएर भारतीय रासन कार्ड बगलीमा चेप्न विवश छन्। आखाले भारतीय फौज हेर्न, कानले उनीहरुको हेलिकप्टरको कर्कश सुन्न अनि मुखले हिन्दि बोल्न अभ्यस्त हुनु परेको छ। कुटी, नाबी गुन्जिका निस्तिएका आत्माहरुले भन्दा हुन् - " देशभक्ति त्  मर्दैन चुतै देश भए पनि हाम्रो पाइला अब ति निस्तिएका आत्माहरुलाई निस्तारण गर्न जरुरि छ।
उनीहरुले आजसम्म पाएका दुख कष्टको भरपाई गरेर, सरकारी हात साथको स्पृष्ट गराएर, अझै आर्थिक- सामाजिक रुपान्तरण हुनै पर्छ। बिहान उठ्ने बितिकै हिमाल देख्न पाउनु पर्छ। हात -गोडा गलेर थचक्क बस्दा "सयौ थुंगा फूलका हामी एउटै माला नेपाली " सुन्न पाउनु पर्छ बोलु बोलु लाग्दा "जय नेपाल "को बाणी खोल्न पाउनु पर्छ। 
कसरि?
 त्यहाँका बासिन्दाले अब उप्रान्त के खाने, कसरि निन्द्रा मेट्ने भनेर सोच्ने बाध्यताको अन्त्य गर्ने पर्छ। भारतको २०११ सालको जनागणनालाइ आधार मान्दा गुन्जीमा ३३५ जाना, १९४ घरधुरी रहेको बुझ्न सकिन्छ। तिन गाउँ मध्य गुन्जिमा धेरै बसोबास रहेको अनुमान लाउन सकिन्छ। अरु दुई गाउँमा पनि - सय नागरिकको अनुमान लगाउदा, करिब २०० घरधुरी हुन सक्छन। किनकि तल गुन्जीको तुलनामा अरु दुई गाउँ, नाबी कुटी हिमाली भेगमा भएकाले गर्दा घरहरु पातला होलान्।
विशेष क्षेत्र घोषणा गर्दै तत्कालै ( वा जमिन आफ्नो अधिनमा आउने बित्तिकै) त्यहाँका प्रत्यक नागरिकलाइ कम्तिमा पनि मासिक रु ५००० ( नेपाली नोटसंग परिचित गराउने हेतुले पनि ) नेपाल सरकारले उपलब्ध गराउनु पर्छ। अथवा उनीहरुलाई चाहिने हरेक आधारभूत चिजको जोहो सरकारले गर्नु आवस्यक छ। त्यस भेगका मानिसको साक्षरता दर(८८ प्रतिशत ) निकै उत्साहजनक छ। एक घर एक सरकारी जागिरको अवधारणा हुनै पर्छ। अनिधो भोको पेट त्  त्हवाईजाहजमा पनि  सफर गर्न मुश्किल हुन्छ
तत् पश्चात जति सक्दो छिटो थप रोजगारी, ब्यापार ब्यबसाय सृजना गर्ने दरकार राज्यलाइ हुनु पर्दछ। बर्णमाला एउटै भएतापनि आफ्नो मातृभाषा लेख्ने पढ्ने पर्रा छुटीसक्यो। प्रशासनिक उपस्थिति जनाउनु छदै , साथसाथै कम्तिमा माद्यमिक तह सम्मको बिद्यालय, जनस्वास्थलाइ ख्याल गर्दै १५-२० सैयाको अस्पताल, सार्वजनिक सेवाका प्रबन्ध, बिधयुत आदि पूर्वाधार खरायोको गतिमा सम्पन्न गरिनु पर्दछ।
समष्टिगतमा भन्दा बर्षौ देखि राज्यसंग टुटेको कडी जोड्नु पर्छ। फेरी पनि एउटा सिटामोल लिन सितापुल (नेपाल- भारत सिमा ) जानु नपरोस।  कालीको शिरमा रहेर पनि कालिको मूलबाट बन्चित हरुलाई, अब काली नदि संगै  विकासको मूल फुटाउनु अतिआवस्यक छ। यदि बजेटमा संसाद बिकास कोषले निरन्तरता पायो भने यसपालीको सम्पूर्ण रकम ति कुड़ीएका मनहरुको सामाजिक आर्थिक रुपान्तरणमा लगाउ।
अब अलिकति त्यस ठाउँको सुख सम्बृदीको परिकल्पना गर्नु बान्छनिय हुन्छ होला।
त्यो  प्रकृतिले  अनुकम्पित स्थलमा भवन निर्माण गरेर हैन सुबिधा बृदि गर्दै स्वोपार्जन गरिनु पर्छ। नेपालको सबैभन्दा कान्छो अपि - नाम्पा संरक्षित क्षेत्र( १९०३ वर्ग किमि ) ब्यास गाउँपालिकामा अवस्थित छ। , गुन्जी सम्म फैलिएको छ। यसलाई पश्चिममा लिम्पियाधुरा ( नेपालको सुन्य बिन्दु ) कालापानी हुदै लिपुलेक सम्म फ़िजाउन सकिन्छ। सुरक्षाकर्मी परिचालन गरेर संरक्षित क्षेत्रको साथ - साथै सीमाको पनि निगरानी हुन्छ। अहिले पनि बर्षेनी सयौ- हजारौको संख्यामा पर्यटन आउने आकडा रहेकोमा  त्यसलाई लाखौमा पुर्याउनु साम्भवी छ।
त्यहाँ रहेका हरेक घरलाई परिस्कृत एवं सुबिधा सम्पन्न बनाउन सकिन्छ। घरबासकै कल्पनामा तर अलि बृहत नमुना पर्यटकीय नगरीमा स्थरोउन्नति गरिनु पर्दछ। उद्हारणका लागि मल्दिब्सको कोको पाल्म धुनी कोल्हु वा स्विजरल्याण्डमा  रहेको जेर्मत्तको ढांचा अपनाउन गाह्रो छैन। अथवा बृहत हिमाली रिसोर्ट स्थापना गर्ने विकल्प पनि छ। त्यहाँ सम्भब पर्यटकीय क्रियाकलापहरु छोटकरीमा राख्न चाहन्छु।
हिमाली स्की
चलचित्र छायांकन थलो
जीव जन्तु, चिडिया अवलोकन
काली राफ्टिंग
जिप लाइन, बन्जी
कृषि पर्यटन
आदि आदि
यो प्रयास गरिरहदा यहाँ बाट आउने सबै प्रतिफलको हिस्सा  त्यस समुदायले प्राप्त गर्नु पर्छ। अझ सरकारले उनीहरुलाई कर छुट, अनि अरु व्यायमा सहुलिएत दिदै परिचार्य गर्नुको विकल्प छैन।
अब भारतले हाम्रो भूमिमा निर्माण गरिदिएको रणनितिक मार्गको चर्चा गरौ। बर्षेनी भारतबाट कैलाशको यात्रामा १६००-२६०० जाने गरेको देखिन्छ। उत्तराखण्ड हुदै २४ दिन लगाएर १८ टोलि नाथुला पास हुदै २१ दिन लगाएर वटा टोलि जाने रहेछ। आगामी वर्षमा भारतको लक्ष्य २५ १५ टोलि पुर्याउने छ। यो सम्पूर्ण सफर गर्न भारत सरकार ले प्रति व्यक्ति भारु लाख ६० हजार रकम उठाउने गर्छ।
भारतले भक्तजनलाइ  कैलाश जान सुगम बनाउने उदेश्य थियो त्  चट्टान फोडेर नेपालीको छाति चर्काउने थिएन। खैर अब त्यो मार्गको भरपुर फाइदा हामी उठाऊछौ नै , उठाउनु पर्छ। झन् नेपाली सेनाले दार्चुला - तिङ्कर जोड्ने १३० किमि मध्य बाकि ८७ किमि को काम सुरु गरिसक्यो। नेपालले चाहिँ गुन्जी देखि लिपुलेक सम्म केवलकार निर्माण गरेर नेपाली भारती भक्तजन आकृष्ट गरेर यात्रामा थप सुगमता ल्याउन सक्छ त्यो केबलकारको डोरी छांगरु सम्म विस्तार गर्न सकिन्छ वा अझै तल सम्मै पनि ल्याउन सकिन्छ।
भूगोल दुरी कति ?
गुन्जी समुन्द्र सतह भन्दा १०५०० फिट, लिपुलेक १७००० फिट तिङ्कर पास ५२५८ मिटरमा अवस्थित छन्।
 पिथौरागढ देखि धार्चुला(भारत ) ९३ किमि , धर्चुला देखि गुन्जी ७० किमि छ।
गुन्जी बाट लिपुलेक १८  किमि छांगरु १० किमि ( सडक पैदल यात्रा
लिपुलेक (नेपाल - चिन सिमा)  बाट  बुरंग शहर( तिब्बत ) १६ किमि,बुरंग शहर बाट कैलाश पर्वत ८६ किमि ,बुरंग शहर हुदै नेपालको हिल्सा सडकबाट ५६ किमि।
बुरंग शहर बाट पुर्व शिगात्से ९८५ किमि (१६ घण्टा ) पश्चिम- उत्तर गारी पृफेकटुर ३४६ किमि ( घण्टा ) रहेको छ।
शिगात्सेको जनसख्या लाख गारी पृफेकटुरको ७० -८० हजार भएको बुझिन्छ।
यो सबै आँकडा विश्लेसण गरेर आउने अवसर लाभ पहिल्याउन सकियो भने, त्यहाँको माटो आफै बोल्नेछ, हिमाल हास्नेछ कालीले सुसाउदै भन्ने छिन् ,
 गाउछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय  नेपाल सुन्दर शान्त विशाल।

-अनिश आचार्य 






Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी