अहिले हरितगृहमा क्वारेन्टाइनः पछि कृषि र पर्यटन








वातावरण नियन्त्रित बिरुवा हुर्काउन रोमन समयमा नै सुरु गरिएको विस्वास गरिन्छ। रोमन सम्राट एक प्रकारको काक्रो दिनहु खाने गर्थ्ये त्यसै बेलादेखि रोमन किसानहरुले एक विशेष प्रकारले कृतिम विधिबाट वर्षको हरेक दिन सम्राटको खुराकमा काक्रो उपलब्ध गराउन थालेको बुझिन्छ कालान्तरमा यहि विधि परिमार्जन परिस्कृत हुदै हरितगृह भनेर जनमानसमा चिनिन बुझिन थाल्यो।

हरितगृह प्रकृति बिरुवा बिचको ढाल हो ,जसले अत्यधिक चिसो वा तातो बाट बिरुवालाइ आश्रय प्रदान गर्छ

यसका फाइदाहरु निम्न लिखित छन् :
) आयामिक मौसम
) सबै काल कृषि, खराब मौसमबाट सुरक्षा
) बोटबिरुवाको विविधता
) किरा फट्यांग्राबाट सुरक्षा साथै लाभकारी किराको समंरक्षण
) अनुकुलित उब्ज्यानी वातावरण
) उर्जा वचत, आदि

विश्वको सबैभन्दा ठुलो हरितगृह " इडेन प्रोजेक्ट" बेलायतमा अवस्थित यो सन् १९९८ मा निर्माण सुरु गरि सन् २००० मा निर्माण सम्पन्न गरिएको हो तर बिचमा मौसमले गर्दा केहि महिना  रोकिएको थियो अनि यो सामान्य समयमा बनेको थियो ।आम जनताका लागि भने मार्च २००१ देखि संचालनमा आएको हो यसमा करिब १० लाख बिरुवा त्यसका प्रजातिहरू छन् अनि यो १५ हेक्टर क्षेत्रफलमा फैलिएको यो कृषि पर्यटन, उत्पादन आम्दानि दुबैको लागि उपयोगी रहयो

 यी पृष्ठभूमिका कुरा भए वर्तमान समय सारा विश्व कोरोना महाब्यधिबाट गुज्रिरहेको सर्वबिधितै पर्यटन व्यवसाय चौपट आगामी दिन को  आशा भनेको पनि आन्तरिक पर्यटन अनि यसै बिचमा पर्यटन पूर्वाधारको विकास नै हो तुलनात्मक रुपमा कृषि अरु भन्दा थोरै प्रभावित सरकारको दृष्टिकोण पनि टुटेको कृषि आपूर्ति प्रणाली जोड्नेमा रहेको बुझ्न सकिन्छ। सरकारी प्रक्षेपण अनुसार वैदेशिक रोजगारीबाट करिब देखि लाख नेपाली स्वदेश फर्किने आकलन उनीहरुलाई कृषि कार्यक्रममा जोड्नु नै अहिलेको माग हो सरकारको ध्यान पनि त्यतै तथापि मुख्य चुनौती फर्किएका नेपालीहरुको संसर्ग निषेधावधि (क्व़ारेनटिन) व्यवस्थापन नै हुने पक्का

अहिले भएका उपाय अनेक छन् संसर्ग निषेधावधि (क्व़ारेनटिन) बारे हामीले एउटा नयाँ प्रयोग किन नगर्ने ?

हरितगृहलाइ क्व़ारेनटिन स्थल बनाएर !
अहिले फर्किएका हरुलाई त्यहाँ राख्ने अनि पछि कोरोना महाब्यधि पछि यसैलाई हरितगृहको रुपमा उपयोग गर्ने ?

विश्व स्वास्थ संगठनको आधारभूत निर्देशन अनुसार क्व़ारेनटिनका लागि भेन्टिलेटेड कोठा चाहिने रहेछ ,साथसाथै व्यक्तिगत सरसफाई (जस्तै हात धुने ) चर्पीको बन्दोबस्त हुनु पर्ने रहेछ यसबाहेक कम्तिमा मिटरको दुरी कायम गर्नु पर्ने रहेछ अनि स्वास्थ्यकर्मी सुरक्षाकर्मीको उपलब्धता जहाँ राखे पनि हुने भै नै हाल्यो

अब विदेशबाट फर्किने  नेपालीहरुको सरदार हिसाब गरौ कम्तिमा पनि - वटा दैनिक उडानहरु मार्फत लगभग १००० जना आउन सक्ने भए ।भारत हुदै स्थलमार्ग बाट आउने हिसाब गर्दा अझै बढी संख्या होला उनीहरुको पिसिआर जाँच गरेर न्युनतम १४ दिनको क्व़ारेनटिनमा अनिवार्य राख्नु पर्ने हुन्छ यथार्थ, हामी संग यत्तिका ठाउँ उपलब्ध छैन, नयाँ ठाउँको ब्यबस्था अकाट्य

जसरि पनि ठाउँ निर्माण गर्नु पर्ने हुदा किन पुन: प्रयोग अनि कृषि तथा पर्यटन मैत्री पूर्वाधारको विकास नगर्ने?
कसरी?
यदि सकिन्छ भने ठूल्ठूला हरितगृह बनाए पनि भयो अथवा धार्मिक क्षेत्रका थुप्रै -साना मठमन्दिरको परिकल्पनामा बनाउँदा हुन्छ। क्वारेन्टिन वा हरितगृह दुवे पूर्वाधार बनाउन पानी बत्तिको व्यवस्था साझा नै हुने भयो।

छानो एक तिहाइ पोलिकार्बोनेटेड शीटको प्रयोग गर्दा हुन्छ जुन पछि हरितगृहमा पुनः प्रयोग गर्न भैहाल्छ। सुत्ने ओछ्यान बाहेक हिड्ने बाटो खाली ठाउँमा यो पोलिकार्बोनेटेड शीटको प्रयोग उत्तम हुन्छ। , बाँकी दुई-तिहाईमा जस्ता पाताले छाउँदा हुन्छ।

क्वारेन्टाइन सक्किएपछि जस्तापाता हटाएर त्यसको ठाउँमा पनि पोलिकार्बोनेटेड शीटले छाउदा हुन्छ। त्यो जस्ता पाता चाहि सरकारले फुसको छानो हटाउन अनुदानमा दिने कार्यक्रममा पुनः प्रयोग गर्न सकिन्छ।
भित्ता पारदर्शी हुने हुँदा त्यसमा पर्दा प्रयोग गर्ने वा हरितगृहमै प्रकाश छेक्न, नियन्त्रण गर्न प्रयोग हुने खालका पर्दा (ब्लाइन्ड्स) उपयोगी हुन्छ।

हरितगृहको आकार, प्रकार प्रयोगको परिकल्पना गर्दै विज्ञको सर-सल्लाहअनुसार परिमाण, सामाग्री उपयुक्त ठाउँको मूल्यांकन, खोज प्राप्ति गर्न सकिन्छ।
अब तिन वटा हरितगृहको परिकल्पना गरौँ। सबै खाले परिकल्पनामा एक व्यक्ति बराबर १६ मिटर स्क्वायर छुट्टयाको छ। बेडलाई दुई मिटर अनि चारैतिर एक-एक मिटरको दुरी कायम गरिएको छ।

अब तिनवटा हरितगृहको परिकल्पना गरौ

सबै खाले परिकल्पनामा एक व्यक्ति बराबर १६ मिटर एस्कुएर छुट्टयाको बेडलाइ मिटर अनि चारैतिर - मिटर को दुरी कायम गरिएको

पहिलो : रास्ट्रिय हरितगृह
सुरुमै भनिदिउ यो अलि महत्वकांक्षी परिकल्पना हो तर असम्भव भने छैन असाधारण समयमा उपलब्ध साधन श्रोतको प्रयोग गर्दै युद्दस्थरमा निर्माण गर्नुको विकल्प छैन चिनले १० दिनमा १००० १३०० बेडको अस्पताल बनाउछ भने हामि - महिनामा बनाउन सक्दैनौ

प्रयास त् गरौ, सुरुवात त् गरौ कति अरुको मात्र समाचार पढ्ने, अब आफ्नो पनि समाचार लेखौ न् नेपालीले चान्स नपाएको हो, पायो भने गर्छन्।

१००० का दरले १४ दिन सम्म राख्दा १४००० सैयाको क्व़ारेनटिन बनाउनु पर्यो यसका लागि कम्तिमा २४ हेक्टरको हरितगृह आवस्यक पर्छ। यो बनाउन सकियो भने संसारकै ठुलो हरितगृह हुनेछ यो रत्नपार्क भन्दा करिब ११ गुना ठुलो वा मुलपानी क्रिकेट एकेडेमी भन्दा डेढ गुना ठुलो हुनेछ निर्माण गर्दै आंसिक प्रयोग गर्न पनि सकिन्छ २४ हेक्टरको ज्यादै ठुलो भयो भने १६ हेक्टर कै बनाउ, त्यसमा पनि १०००० व्यक्ति आत्न सक्छन  यो पनि संसारको ठुलो नै हुनेछ पछि स्वदेशी विदेशीहरु गूगलमा खोजेर यस हरितगृहको विचरण गर्न आउनेछन्

यसमा प्रयोग हुने हस्पिटल बेड पछि स्थानिय स्वस्थचौकी अथवा कुनै निर्मणधिन अस्पताललाइ दिन सकिन्छ आगामी दिनहरुमा स्वस्थका पूर्वाधारहरु बनाउछन् होला नि ? माटो को गमला डस्टबिनको रुपमा प्रयोग गरि पछि हरितगृहमा पुन : प्रयोग गर्न सकिन्छ अनि मोबाइल चर्पी प्रयोगमा ल्याएर पछि सहरहरुमा सार्वजनिक सौचालयको बिकास गर्दा हुन्छ ।यसको अनुमानित प्रारम्भिक लागत करिब डेढ देखि दुइ अर्बमा गर्न  सकिन्छ मूल्य विवरण कसरि भन्ने तल चर्चा गरिएको

दोश्रो : प्रदेश हरितगृह
सात  प्रदेशमा २००० व्यक्ति अट्नेका दरले वटा हरितगृह निर्माण गर्न सकिन्छ एउटा करिब ६३ रोपनी क्षेत्रफलमा फैलिने माथिको असम्भव देखिए यो त् प्रत्यक प्रदेश ले - महिनामा निर्माण गर्न सक्लान हरेक प्रदेशमा लगभग २२-२५ करोडको लागतमा बनाउन सकिन्छ

तेश्रो : जिल्लास्तरिय हरितगृह
सबै ७७ जिल्लामा २०० का दरले  निर्माण गर्दा रोपनी (३२००मिटर  एस्कुएर ) क्षेत्रफलमा  देशभर १५४०० व्यक्ति राख्न सकिन्छ अब यो - महिनामा सम्भब होला नि ? सुरुमा हामीसंग एउटा पनि पिसिआर ल्याब थिएन तर अहिले १५-१६ वटा स्थापना गरिएको हरेक चुनौतीसंग अवसर आउदो रहेछ। दृण इच्छ्याशक्ति साथै उच्चतम जनशक्ति परिचालन गरि यो परियोजना निर्माण गर्न सम्भब

एक जिल्लामा  लागत करिब डेढ देखि करोडको आसपास बनाउन सकिन्छ

 अनुमानित लागत निर्धारण : २०१२ मा हुम्लामा गरिएको एक  खोज अनुसार  ३४ मिटर  एस्कुएर हरितगृहको लागत करिब रु, ८७२८९ भएको आधारमा ३२०० मिटर  एस्कुएरको अहिलेको मूल्यमा एक देखि डेढ  करोड अनुमान गरिएको   २०० जनालाइ २०० वटा गमला डस्टबिनको सरदार रु ,४०-0 हजार अनि २०० वटा बेडलाइ (१५०००- १८०००का दरले ) रु ,३०-३६ लाख २५ वटा मोबाइल चर्पीको रु ,२६ लाख जति (पशुपति बिकाश कोषले चिनबाट खरिद गरेको एक युनिट चर्पीको मूल्य रु , १०७,५०० ) अनुसार ब्याख्या गरिएको हो  

उपयुक्त ठाउँ कसरी अभियान चलाउने यस्को लागि विज्ञहरुको सुझाव सल्लाह अपरिहार्य हुन्छ
अन्त्यमा, यस हरितगृह परियोजनाको कृषि पर्यटनमा हुने केहि दिर्घकालिन फाइदा हरु वुदागत प्रस्तुत गरिएको छु।

जस्तै,
) बगैचा विचरण
) हरितगृह भित्र जैविक कृषि बजार
) हरितगृहमा योग तथा ध्यान
) जंगल (हरितगृह ) रेस्टुरेन्ट
) हरितगृह रिसोर्ट
) हरितगृह पदयात्रा
)  साहसिक तथा मनोरन्जनात्मक क्रियाकलाप
) जैविक उधान
अरु पनि थुप्रै,

-अनिश आचार्य 


Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी