भारतसँगको सिमानामा रुख रोपौं





आदरणीय प्रधानमन्त्री ज्यू नमस्कार !
जहिले पढिन्थ्यो आज भने लेख्न मन लाग्यो अहिले देशभर भारतले हाम्रो भुमि हुदै बाटो निर्माण गर्यो भन्ने बिरोध भईरहेको सर्वबिधितै  । कहिले भारतले हाम्रो देशको सिमाना उसको नक्सामा प्रकाशित गर्यो भनेर बिरोधका स्वरहरु उठछन् |
यो वर्तमानको समस्या मात्र हैन् सधिऔँबाट हाम्रो देशले भोग्दै आएको समस्या हो यो समस्या विगतमा पनि नआएका भने हैन् भारतसंगको सम्पूर्ण सिमा विवाद सुलझाएर आफ्नो सिमानाको सुपरिवेक्षण सुरक्षा गर्ने तपाइलाई सुनौलो अवसर यो सधिऔँ देखिको रोगको निदान गर्ने, पहलकदमी लिने, सिमानामा पर्खाल लगाउनु पर्छ, काडेतारले बार्नुपर्छ भन्ने स्वर अहिले पनि चर्को यसको दिगो रुपमा समाधान नगर्ने हो भने यो सधै रहिरहन्छ कृतिम उपायत अनेक छन् सिमा विबादबारे हामीले एउटा नयाँ प्रयोग किन नगर्ने ?
प्राकृतिक पर्खालः सिमानामा रुख रोपेर
हाम्रो देशको सिमाना अधिकांस भारतसँगको सिमाना तराई मधेशमा पर्छ जुन खुला सर्वप्रथम सीमाको वास्तविक रेखांकन गरेर सिमानामा लहरै अग्ला ठुला रुख रोप्दा क्या काइदा हुन्थ्यो होला जमिन अनुरुपको साल, सिसौ, सखुवा, टिक, खएरलगायत रुखका प्रजाति सिमामा आहाकस्तो वातावरण अनुकुलित हन्थ्यो होला प्रधानमन्त्री ज्यू छिमेकी सम्बन्ध, सिमा अनि हाम्रो राष्ट्रियता !
सम्पूर्ण देश आधुनिक प्रविधिको प्रयोगमा ब्याप्त भइरहदा हाम्रो प्राकृतिक पर्खाल विश्वकोलागि प्रेरणा अनि नमुना हुने थिायो सरदर डेढ देखि दुई लाख बिरुवाले १७ सय ५८ किलोमिटर सिमाना ढाक्छ देखि १० मिटरमा मा एउटा रुख अनि ४० देखि ५० हजार जनता परिचालन गर्दा बढीमा एकहप्ताको अभियान अनि बिरुवाहुर्काउने जिम्मा सिमा सुरक्षा बल सशस्त्र प्रहरी ,नेपाल प्रहरी, सेना, बन रक्षकलाई दिए काइदा हुन्थ्यो होला
यो अभियानमा नेपाल संगै भारतको पनि साथ भयो भने झन सजिलो सहज हुन्छ संयुक्त रुपमा उसले आफ्नो सिमानामा रोप्छ हामीले हाम्रो सिमानामा यसो हुँदा उसले पनि रुख हुर्काउन आफ्नो दस्ता राख्छ सिमालाई त्यति गरेर सौन्दय सिमा नमुना सिमाना बनाउन सकिन्छ जुन् दृश्य अवलोकन गराएर बाह््रय तथा आन्तरिक पर्यटक भित्राएर आम्दानि समेत लिन सकिन्छ कंक्रिटको पिल्लरले छेक्छ, रुखले जमिन टेक्छ
कुन रुख लाउने कसरी अभियान चलाउने यस्को लागि विज्ञहरुको सुझाव सल्लाह अपरिहार्य हुन्छ वातावरणमा हुनेसकारात्मक असर, अझ बर्षेनि भारतबाट आउने प्रदुषित वायु रोक्ने ढाल बन्छ एउटै रुखको सयौ बर्षको आयु हुन्छ बिरुवा हुर्काउदाको दुईचार बर्षले सदाका लागि ढुक्क अन्त्यत १०२० बर्षमा अर्को लहर रुख रोप्ने अनि पहिलो लहर काटेर काठ बेच्ने फगत कुनै पर्खाल वा छेक बार बाट आम्दानी हुन्न
धर्तीमा हुने यो महान कार्यमा कसैले भाजो हाल्दैन होला यो भित्ता हैन आफ्नो रित्ता कित्तामा फित्ता तान्दै रोपेका हरिया पत्ता हुनेछ
तसर्थ प्रधानमन्त्रीज्यु तपाई आट गर्नुस साथ दिनलाई हामि करोडौँ छौ सानो इच्छा शक्ति देखाउदा बृहतर असर छाड्ने परिकल्पना बन्नसक्छ
 जयनेपाल
अनिस आचार्य


Comments

Post a Comment

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी