म आलु विपक्षी

                                                            

                                                             म अमिल्चुके जातपतित

आलु विपक्षी ।।

गठबन्धनको पानीमा उसिनेर खान मिल्ने

भागबन्डाको तेलमा तार्न मिल्ने

सत्तासँग मिसाएर पकाउन पनि मिल्ने

 थोरै बिरोधको छोप हालेर

आन्दोलनको अचार हाल्न पनि मिल्ने ।।

मलाई मिल्नु छ घरि -घरि

साथ दिनु छ मनपरी

त्यो सिद्दान्तको कुरा सक्कियो

जब पदमा हलो अड्कियो ।।

वार्ता बहस हुँदै गर्छन्

सत्तासँग

हाम्रो कुरो चाहिँ मिल्नु पर्यो

बसाई सराई हुँदै गर्छन्

जनतासँग

विकासको नारा भने मिल्नु पर्यो ।।

हामी नयाँ पुराना

सबै उस्तै दुरुस्तै

कसैको हाँडी

कसैको वाणी

कसैलाई पराइको चाकडी

कसैलाई राखेको जाकडी ।।

एउटा विवेकको आवेग

अर्को साझाको बाजा

छँदैछ बाबुको राम रटान

अनि हुँदैछ साहेबको गनगन ।।

निमुखाको शोषण

देशमा कुपोषण

के भयो त् ?

नेतालाई पोषण हुँदैछ

हाम्रो अभिपोषण छँदैछ ।।

जनतालाई

के पिराउनु ?

कसरी भुल्काउनु ?

किन जुटाउनु ?

गम खाँदैछु

किनकी

म आलु विपक्षी

मिल्नु त् पर्यो ।।

मेरा रङ्ग अनेक

संसदमा कराउदा रातो

बालुवाटारमा हराउँदा सेतो

अनि चुनाव हार्दा चाहिँ निलो

रातो सेतो र निलो

बिपक्षी हुन कस्तो सजिलो ।।

यो रमिता हेर्ने

विकल्पित जनता भन्दा हुन् मनै-मन

झुक्याउन कति सिपालु

सबै उहिँ ड्याङ्गका आलु ।।

भनेर के ?

म अमिल्चुके जातपतित

आलु विपक्षी

मिल्नु त् पर्यो ।।



-अनिश आचार्य 

Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?