दलाल - पुँजीवाद पूर्ण निषेध छ

 


बानीहरु कि राम्रा हुन्छन कि त् खराब हुन्छन। यसले व्यक्ति, संस्था वा  समाजलाइ पार्ने असर अनुसार नै राम्रो खराब छुट्टिन्छ। बानी नै लत सम्म पुग्ने मार्ग हो। बानी लत लाई मापन गर्न अक्सर गाह्रो हुन्छ किनकि यी दुइलाई छुट्टयाउने रेखा निकै मसिनो हुन्छ। भनिन्छ कुनै पनि कुराको लत लगाउनु  कहिलै पनि ठिक हुँदैन।

अमेरिकी एडिकटिभ मेडिसिन समाजले लतलाई ," मस्तिष्कको दिर्घ रोगको रुपमा व्याख्या गरेको छ। लतले व्यवहार नियन्त्रणमा उदासीनता , लालसा, निश्चित कार्यबाट अलग रहन असमर्थता आदि परिणाम निम्त्याउद्छ।"

लतको विकास हुनुले विभिन्न अनुवंशिक वातावरणीय जोखिम पैदा गर्छ, जुन समाज वा जनसांख्यिकी अनुसार फरक-फरक हुन्छन। लत कम देखि उच्च जोखिम सम्मका हुन्छन। जस्तै, अत्याधिक खानपान, जुवा, ऋण, यौन, लागूपदार्थ, जमाखोरी, आत्म-विकृत , धूम्रपान, भिडियो-गेम लत, भावनात्मक निर्भरता दर्जनौं अन्य विनाशकारी व्यवहार आदि।

अब कल्पना गर्नुहोस यो सबै लत, बानी बिग्रेको सत्तामा गासिए परिणाम के- के होला ? यसका सबै जोखिम उच्च हुने नै भए। जस्तै, अत्याधिक घुस -पान , नीतिको जुवा , विदेशीको ऋण , जवान युवाको पसिना , कुर्सिमात , आफन्तखोरी, विचार- विकृत , विकासको स्वापन , राजनीतिक- दाउपेचको लत , परनिर्भता अरु कति हुन् कति जनतामारा व्यवहार छन्।

यी विध्वंसकारी लत छुटाउन जनताले धेरै प्रयास गरे , बिलौना गरे , अझै आयास जारि छ।

बानी परिवर्तनको प्रशिक्षण :

बानी परिवर्तन गर्ने नियम यस प्रकार : यदि तपाइँ उही इसारा प्रयोग गर्नुहुन्छ उही इनाम प्रदान गर्नुहुन्छ भने, तपाइँ दिनचर्या परिवर्तन गर्न बानी बदल्न सक्नुहुन्छ।  यदि इसारा इनाम उस्तै रहने हो भने ,प्राय करीब सबै व्यवहार परिवर्तन हुन सक्दछन्।

बानी परिवर्तन हेतु जनताले उही पुरानो इसारा ( तर स्वदेशी ) पुरानै इनाम ( लोकतन्त्रको मिठाई ) राखे, तर नयाँ दिनचर्या सम्मिलित गरे। झिनो आशामा फेरी सत्तालाई दुई- तिहाइको झोला भिर्न लगाएको , यसपाली त् भिर बाटै लडेको छ।

नयाँ बानीको बिकास गर्न नौलो चांहना सक्रिय गराउन आवश्यक हुन्छ। सर्वप्रथम सत्तालाई जनताको सेवा गर्ने नौलो चाह स्थापित गराउनु वान्छनीय थियो। परन्तु, सत्ताले यो अवसरलाई वन्चनीय बनाउन हर - सम्भव प्रयास गर्यो , अझै गर्दैछ। सत्ताको नानि देखि लागेको बानी बदल्नको लागि उसले कुर्सि लालसालाई त्याग्नुपर्दछ

अझ यसको अतिरिक्त , सत्ताबाट कुर्सिमोह हटाउन  एक विशेष प्रशिक्षण गरियो। स्नायु-विशेषज्ञको एक टोलीले पाँचजान सत्तामोहीको मस्तिष्कमा सानो चुनावी यन्त्र जडान गरे। यी सबैले विभिन्न कालखण्डमा जनता समक्ष कुर्सि -मोह त्याग्ने वचनबद्दता गरेका रहेछन। यी सबै सत्ता लालसीहरुले पहिला नै कम से कम एक निर्वाचन अवधि , बिना सफलता  पुननर्विकरण गरिसकेका रहेछन। एकजाना सत्तालालसी त् ७० बर्षमा मिथ्याचार पखाल्न बारम्बार सुशासनको जांचमा अनुतीर्ण भएका रहेछन।

यो यन्त्र यी सत्तालालसीको मस्तिष्कको बीच भाग- बेसल गंग्लियामा जडान गरिएको थियो, जुन भाग बानी चक्र निर्माण गर्न सक्रिय हुन्छ। बानी परेको लालशा मेटाउन, सबैको मस्तिष्कमा चुनावी तरङ्ग उत्सर्जन गरियो। त्यसपश्चात , तिनीहरुलाई बिदेशीको इशारामा राखियो , जसले कुनैबेला यी सत्तालालसी हरुलाई आकर्षित गरेको थियो। प्रधानमन्त्रीको कुर्सि , मन्त्रि अनि संबैधानिक पद आदिको सौगात पेश गरियो। सामान्यतया, बोलीमा लोली मिलाउदै स्वीकार गर्ने पद , यसपाली भने मस्तिष्क भित्रको यन्त्रले रोक लगाउन बाध्य तुल्यायो। कुर्सीमा बस्ने त् के नाम पनि लिएनन्।

तर नेपालीको बिडम्बना , चुनावी तरङ्ग खोल्दा कुर्सि-मोहीको लालशा हराएर जान्थ्यो , फेरी चुनावी तरङ्ग बन्द गर्ने बित्तिकै जस्ताको तस्तै।

यो के अचम्म भयो ?

हजारौ  हजारको भेला - खुलामन्चको रोस्ट्रम पछाडी नेपालको झन्डा- सबै कान ठाडो पारेर  एकजाना बुढा मान्छेको भाषण सुनिरहेका छन्।  उमेरले चाउरी तर स्वाभिमानले राता राता गाला, शिरमा सत्यको टोपी अनि आखाँमा सेवाको भाव छ। उनि कोहि शिर्ष नेता जस्ता छन् , अनुहारमा एकताको चहक छ।

"मेरो नाम सत्ता हो", उसले भन्यो , " कुर्सिमोही थिए। "

" छाँगाबाट झरेजस्तो भए जब मेरो देशको गुडमा बिदेशी कोइलिले अन्डा पारेर , चल्ला कोरल्न लाग्दै रहेछ, सत्ताले भन्यो मेरो एकजाना बिदेशी संग चक्कर चलिरहेको थियो। अकस्मात उसले यो संबन्ध अन्त्य गर्ने छुट्टिने निधो गरि। मलाई ज्यादै असहज भयो, अनि सिधै अर्कोको दुताबास गए।  त्यहाँ दुई थान मन्त्रीको बिन्ति बिसाए अनि फर्केर आफ्नो कार्यकक्ष आए।  दिउसो फेरी साथि संग ठुलो भाग खान निस्किदा , अर्को दुताबास छिरियो, अनि त्यहाँ पनि केहि थान सांसदको सिकार गरियो। साझंपख अर्को धुर्तसंग घुस-पान गर्न निस्किदा दलाल-पूजीवादको घरमा 'एक को दुई' को रौनक छाएको रहेछ। माहोल जमेको थियो , अलि अलि लाभ उठाउनु पर्यो भनेर समेट्न सक्ने जति पदहरु कब्जा गरियो। 

आजै मेरो देशवासीको नाममा सम्बोधन गर्नु पर्ने दिन थियो - मेरा जनतालाई अहिले सम्म मेरो बिदेशिसंगा चक्कर चलेको सुइँको थिएन - त्यसैले मैले कुर्सिमोहकै मातमा जनतालाई सम्बोधन गरे। सम्बोधन गर्दै थिए, जुन भाषण मैले हजारबार गरेको थिए होला। तर आज भाषण गर्दै गर्दा मेरो जिब्रो वास्तविक्ताको गोलचक्करमा चिप्लिएर सत्यको अन्तिम विराम चिन्हमा बजारियो।

नेपाल - मेरो देश - जसले समृद्धिको पेटी लगाएको थिएन , अत: मेरो देश चरम गरिबीको कवच फुटाएर अराजकताको मूलबाटोमा पछारियो। रगतले लत्पतिएको मेरो देशको, स्वाधिनताको नाक भाच्चियो अनि सार्वभौमिकताको आखाँ फुट्यो। यो त्रासदी ज्यादै भयानक थियो। तत्पश्चात, मैले मौलिक सहयोग लिने निर्णय लिए।

"मैले नागरिक समाज , प्रबुद्ध व्यक्तिहरुको सल्लाह लिन थाले। आसेपासे हरुको भासे मास्छु भनेर मनैमन प्रण गरे। केहि काल ठिकै चल्यो तर फेरी आफ्नै साथिहरुले, पार्टी भित्रैबाट पेल्न खोजे पछि फेरी कुर्सिको तरिका अपनाउन बाध्य भए। पुन : आफन्तखोरी, कुर्सिमोही हुने भए शक्तिकेन्द्र देख्नासाथ त्यतैतिर हल्लिन थाले। लगातार केहि बर्ष लत मै रहे जबसम्म मेरा जनतालाई यो कुराको सुइँको भएन।

एकदिन फेरी मेरो देशलाई उद्दार गर्न जानुपर्ने दिन आयो। मस्तराम भएर बसेको थिए। किनभने साथिहरुले राजनीतिक दाउपेचको लत राम्रैसंग लगाईदिएका थिए।

जे भए पनि, फेरी देशलाई उद्दार गर्न तयार भए, जादा बाटोमा मेरो सत्ताको गाडीलाई पछाडीबाट साम्राज्यवादको ट्रकले ज्यादै कठोर ठक्कर दियो, सरकार नै उथल - पुथल हुनेगरी। धन्न मलाई चाहिँ एउटा दांग पनि लागेन। मैले हतार -हतार कुर्सि सम्हाल्दै, सत्तालाई पनि सकुशल दरबार पुर्याउन्  खोज्दै थिए। किनकि यदि यो अवस्थामा जनताले देखे भने मलाई गिरफ्तार गर्छन अनि मलाई देशद्रोहको जरिवाना लगाउछन्। यद्दपि , मेरा प्रयास काम लागेनन, जनताले मलाई गिरफ्तार गरे जनताले मेरो छेउमा रहेको, देश बस्ने आसनमा पूर्ण क्षति भएको सुचित गराए। त्यो त्यहि ठाउँ हो, जहाँ देश सधै मसंग यात्रा गर्ने गर्थ्यो। यदि आज देश पनि संगै यो यात्रामा सरिक भएको भए , देशको अवसान निश्चित थियो।

" पुन: नागरिक समाज प्रबुद्ध व्यक्तिहरुलाई भेट्न गए। नागरिक समाज, प्रबुद्ध व्यक्तिहरुले मलाई  फेरी पनि परनिर्भरता वा बिदेशी इशारामा लागे केहि सुधार नहुने राय- सल्लाह दिए।  उनीहरुले उच्च शक्ति बिना वा आफ्नो शक्तिहीनता स्वीकार नगरी सुधारात्मक चेत नआउने कुरामा जोड दिए। मलाई त्यो सब बकवास लाग्यो - त् नास्तिक हो। तर मलाई थाहा भयो कि यदि मैले आफुलाई परिवर्तन गरिन भने, मेरो देशको अवसान ल्याउने कारक बन्ने छु।

तसर्थ , आफुलाई सुधार्न रातदिन लागे , कुर्सि भन्दा ठुलो सोच्न थाले। जनतालाई केद्रमा राखेर राजनीति गर्ने भए। मलाई थाहा छैन भगवान छन् कि छैनन् , तर एउटा अदृश्य शक्तिले मभित्र सत् बुद्धि प्रदान गर्यो। आज झन्डै बर्ष भयो मैले बिदेशीको इशारा सुनेको छैन , कुर्सिको मोह देखाएको छैन। कदाचित नराम्रा विकार पैदा हुने बित्तिकै, जनताको माझ गइहाल्छु , प्रबुद्धको राय सुन्छु। हामी गरिवी निवारणका , विकासका , उन्नतिका , जनताका सुखका , युवा रोजगारीका आदिका बिषयमा चर्चा गर्छौ। अब बिदेशी वा शक्तिकेन्द्र , दलाल - पुँजीवाद पूर्ण निषेध छ।

 -अनिश आचार्य 

 

 

 

Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी