मसँग मेरो संवाद !!

 



                                                    झूठ : मेरो विश्वास गर्छौ तिमी ?

सत्य : म .. मेरो अस्तीत्व मेटाउनु !!

 

निराशा : मेरो पराजय भयो भने ?

आशा : आगामी दिनहरुले न्याय पाउछन्  !!

 

ईर्ष्या: मलाई मतलव छ र ?

संतोष : हँ ... साचैं  भन्या हो !!

 

मन : म नीदाउछु है ?

मस्तिष्क : मेरो पालो अब !!

 

सु:ख : मख्ख छस त ?

दु :ख : ए हो र !!

 

भाग्य : के छ हालचाल ?

जिन्दगी : आउन छम-छमी नाचौं !!

 

सपना : कहिले सम्म हो यो हाम्रो लुकामारी ?

बिपना : झस्कि रहन्छु .. आभासित वास्तविकता  पाए भने !!

 

मृत्यु : म पूर्ण छ कि छैन ?

जीवन : उत्तर खोज्दै त छु नि !!

-अनिश आचार्य 

 


Comments

Popular posts from this blog

हेल्पलाइन नम्बर १७ ०००

म खोपको परेवा

भारतसँगको सिमानामा रुख रोपौं