म विदेश आएको छु


 



डोकोभरीको ममताको भारी बिसाउदै

आमा , विदेश आएको  छु

 

साहारा घरबारी थ्यो मेरो जिम्मेवारी

बुवा , विदेश आएको छु

 

रसाएर आँखाभरी साथको आभास हुँदा

प्रिय , विदेश आएको छु

 

आफैले सप्तरंगी भाग्य कोर्न

बहिनी , विदेश आएको छु

 

पिलपिले घडीको रहर मेट्न

भाइ , विदेश आएको छु

 

अतितका पलहरु झलझली सम्झन

साथी , विदेश आएको छु

 

ऋणको बाल्यकाल बित्दा ब्याज तिर्न

माटो , विदेश आएको छु

 

सबैका इच्छा रोप्दै बाली उठाउन

त्यसैले, विदेश आएको छु

-अनिश आचार्य 

 

 

 

 

Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी