Posts

गमलाका नेता !

Image
 राजनीतिमा नैतिकता महत्वपुर्ण  विषय मात्र होइन , यो जनअपेक्षा र सरकारको औचित्य संग जोडिएको हुन्छ।  अझ यो लोकतन्त्रको भविष्यको लागि अनिवार्य हुन्छ। असल राजनीतिक व्यवहारको सार्थक आधारका लागि पनि नैतिकतालाइ बिशेष जोड दिनुपर्छ। इतिहास देखि नै आचारसंहिता र निर्देशिकाहरु बिकसित अनि अनुसरण गरिएको प्रमाणहरु छन्। मुख्यत: यी संहिताहरु राजनीति अनि सार्वजनिक संरचनाहरुको नियन्त्रण गर्न , साथसाथै उनीहरुलाई आफ्नो कार्यप्रति उत्तरदायी बनाउदै समाजमा स्थिरता बहाली गरि राजनीतिक औचित्य कायम राख्न भएका छन् र हुनु पर्दछ।  राजनीति र  नैतिकताको आवश्यकता : व्यवहार संचालन गर्ने आचरणको सिद्धान्त, संहिता हो भने सम्भावित कार्यहरू बीच ठीकसँग कार्य गर्न र सहि छनौट गर्न मार्गदर्शन गर्ने सिद्धान्त, नैतिकता हो।  मानव इतिहासमा, संहिता र नैतिकता व्यवहारको मार्गदर्शनमा निर्भर रहदै , सहिष्णु समाज निर्माण गर्दै अनुशासन कायम राख्दै यहाँ सम्म आइपुगेको हो।  उपयोगितावादले पनि जुन व्यवहार कायम रहदा समाजलाई सुखभोग दिलाउन सकिन्छ , त्यहि नै उत्तम अस्तित्वको गुण हुने अनि यहि व्यवहारलाइ आचार मानिने व...

अर्को जन्ममा चाहिं नेपाली हुन पाऊ

Image
                                                                                                                          आदरणीय आमा साष्टाङ्ग दण्डवत् " म यहाँ सन्चै छु " भनेर भन्ने अवस्था सायदै आऊछ होला | " त्यहाँ तपाईहरुलाई पनि सुबिस्तै होला " भनेर ढाडस दिन पनि सक्दिन | रात - दिनको तपाईको दुर्गति पर वाट टुलुटुलु हेरेर बस्नुको पीडाबोध असह्य छ | आफ्नै सन्तानले त...

निर्वाचन: पानीको तिर्खा मेट्न बियर खानु?

Image
  निमको रुख रोपेको छ अनि पात चपाउँदा   तितो भयो भनेर उफ्रिनुको कुनै तुक छैन। मानव संसाधन व्यवस्थापनको रणनीतिक दृष्टिकोणमा एउटा संस्थाको उच्चतम प्रतिफलका निम्ति सहि मान्छे , सहि ठाउँमा , सहि समयमा हुनु अपरिहार्य हुन्छ। तर यतिले मात्र हुदैन यसको लागि छनौट प्रक्रिया पनि सहि हुनु पर्दछ। यदि हामी जनतालाई साच्चै केहि फरक वा नयाँ चाहिएको हो भने यसको प्राप्ति बारम्बारको गुनासोले हुदैन। यसका खातिर हामीले हाम्रो चेतना विस्तार गर्नु वान्छनीय हुन्छ। हामी संग अहिले जे छ वा जे पाएका छौ त्यो हामीले स्वीकार गरेका हौ।   जानेर वा नजानेर , छलेर वा छलीएर। सुबोध नै परिवर्तनको पहिलो खुड्किला हो। नेतालाई पथ-प्रदर्शक , अभिभावक आदि पनि भन्न सकिन्छ किनकि उनीहरु हामी भन्दा केहि बढी सुचित भएरै त्यो स्थानमा आसिन हुन्छन। यसलाई नकार्न सकिदैन। जनताले पछ्याउने वा अनुशरण गर्ने उनैको पदचाप हो। यदि एउटा जनता नजिकै नकारात्मक आचरणमा छ भने नेताले आफ्नो नकारात्मक विश्वास र मन...