देशमा को -भिड कि बिदेशमा को -रोना (रुने)?



कोरोना महाब्याधि सँग लड्न अहिले विश्व युद्द चलिरहेको |सम्पूर्ण विश्व मानवजाती एकातिर कोरोना भाइरस अर्कोतिर देखिन्छ  |यो विश्व युद्दमा फरक के भने अरु युद्दमा मानिस मानिसलाई सिध्याउन लाग्थे भने यो चाही हाम्रो सभ्यता मानव जाति बचाउनमा प्रयासरत | पहिला आफ्नो भूगोल फैलाउन  केन्द्रित थियो भने अहिले आफ्नो भूगोल जनता बचाउन प्रयासरत |
यस महाब्याधि बाट बाच्ने अचुक औषधि भनेकै घरमा बस्ने , सकारात्मक रहने|
सरकारले कोरोना रोकथामका लागी चालेका कदम प्रिय छन् , बिदेशी भन्दा एक कदम माथी , आफ्नो बलबुताले भ्याउने , पूर्वाधारले सक्ने गरिरहेको | तथापी बिज्ञहरुको सुझाब संकलन कार्यान्वनको दाएरा बढाउनु पर्छ | हावा नचली पात् हल्लिदैन| कि मान्छे रुखमा बसेर हल्लाउदै ?कहिले काहिँ फेरी चराले फल खादा पनि पात हल्लिदो रैछ , अझ त्यसले त् फल फसल पनि बिगार्छ |समाधान निकालेको उत्तम जति सक्दो चाडो |नत्र यत्र तत्र सर्बत्र नहुन सक्छ मतपत्र |
भगवान भन्नुहुन्छ: हे अर्जुन ! त्यो मुर्ख हो  जसले सत्य झुटको फरक नजानी सत्यको अभ्यास गर्दछ |
सुचनाको युगमा तथ्य उत्खननमा उदासिन नभई भ्रमलाई अनावरण गर्नु नै बान्छनीय हुदो हो | डिन हव्क्सले भनेका छन् - भ्रम नै चिन्ताको प्रमूख कारण हो |यदि व्यक्ति एक निष्पक्ष, उद्देश्यपूर्ण मार्गमा तथ्यहरू सुरक्षित गर्न आफ्नो समय समर्पित गर्दछ भने, उसको चिन्ता सामान्यतया उडेर ज्ञानको उज्यालोमा पुग्छ |
हामी नेपालीमा ( हामी विद्वान पुर्खाका सन्तान )पनि चिन्ता अनि प्रतिस्पर्धा? कसैलाई ठुलो हुने ,कसैलाई विद्वान हुने ,कसैलाई सूचना दिने ,कसैलाई  शक्तिशाली हुने , कसैलाई पैसा कमाउने अरु पनि थुप्रै | अनि चिन्ताले ग्रस्त हामी सकरत्माक कसरी हुने त् ? अचुक औषधि नै सेवन नगरी कोरोना महाब्याधि विरुद्ध कसरी लड्ने ?
अल्प कलम ,रुग्ण मलम अलप सरमले सुसज्जित भएर यो युद्ध जित्न सकिदैन | वीर लडाकु पुर्खाका  सन्तान हामी अहिले दाईको गनगन बाबुको राम रटान सुनेर सुर केन्द्रको कस्न , ठगेर रमाउला भनि रबको इन्द्र भरोसा गर्न ,देवको बमबमले असह्य माधवी प्रचण्ड बहसमा भाग लिन नै मस्त छौ |
सच्चि ! अब - सर बादी हरु एक ,वर्ग दुई ,सरकार तिन भ्रष्ट चार हुने मौका पनि यहि हो क्यार |
एकअर्कासँग भिडेर हैन सँगै हिडेर अनि मनलाई पिरेर हैन भ्रमलाई चिरेर यो महाब्याधि बिरुद्ध जितको बिगुल फुक्न सक्छौ |
बिदेशमा को रुने हैन किन रुने ?
५० लाख भन्दा बढि नेपाली विदेशमा छन रे ,घोटिएका छन् एकसाथ विदेशलाई आफ्नो मातृभूमिलाई पाल्न | तर कस्तो बिडम्बना यस्तो माहामारीमा पनि हामि उनीहरुको देशको लागि अनागरिक रे , हाम्रो योगदान कर तिर्दा समान हुन्छ, सार्वजनिक सेवा उपयोग गर्दा समान , अझ के के जातिको राहत छुट सबै आफ्ना नागरिकलाई मात्र भनेको सुन्दा मन कटक्क खादो रैछ |
यस्तो विपदमा पनि हामी यस घेराको छेउमा पनि नपर्दा दुख चाही अवस्य लाग्दो रहेछ | खैर राज्य आफ्नो नागरिक प्रति पहिला जिम्मेवार उत्तरदायी हुनै पर्छ , हामी भावनामा बहनु हुन्न भन्ने पनि लाग्छ |यहाँको  सरकारले अर्को चुनावपनि जित्नु , हामी भोट दिदैनौ मात्र योगदान गर्छौ | यहाँको सरकारले सक्ने बस्नु , अलि नसक्ने संचयकोषले गुजारा चलाउनु , सक्दै नसक्ने लाई घर फर्किनु भनेर सुझाब दिएको त् |
किन चिन्ता लिनु ?मेरो आफ्नो सरकार , नेपाली जनताको सरकार , मेरो भोटको प्रतिनिधि |
अहिले तपाईहरु जहाँ हुनुहुन्छ त्यहि बस्नुस नेपाल आउनुस भनको सुने , एकमनले ठिकै लाग्यो , अहिलेनै सबै हुलबाधेर गए भने सरकारलाई व्यबस्थापनमा कठिनाई हुन्छ |हामीले बिप्रेसण मार्फत यत्रो सहयोग गरियो यो विपदमा झन् सरकारको अनुरोध मान्नु पर्छ , सरकारलाई सहयोग गर्नु पर्छ | तर प्रश्न कहिले सम्म ?
यथार्थ : नेपालमा चाहिने जनशक्ती छैन , विदेशमा छन् |
अर्को यथार्थ : अधिकांश अवसरको खोजीमा छन् , स्वदेश फर्किएर केहि उधम गर्न |
भगवान फेरी भन्नु हुन्छ : हे अनुज !जे भयो राम्रोको लागी भयो , जे हुदैछ राम्रोको लागी हुदैछ जे हुनेछ राम्रोको लागी हुनेछ |
 महामारी सँगै अवसर पनि आउछ | यी एउटै सिक्काका दुई पाटा हुन् |
अहिले त् अवसर हामीलाई पनि ,सरकार लाई पनि |
फेरी यो जनताको सरकार हो , प्रधानमन्त्री ज्युले भनेको सुनेको थिए "नेपालीले चान्स पायो भने गर्छ " हामी त्यहि चान्सको खोजीमा छौ |
मलाई लागेको मात्र , तत्कालनै पर्दैन तर अबको , , महिनामा भनिदिनुस आश योजना  लिएर आउनुस चान्स सरकारले दिन्छ|
नेपाललाई कुन कुन उद्योगमा (पर्यटन ,उत्पादन ,सेवा प्रबिधि ,कृषि आदि )कस्तो कस्तो जनशक्ति, कुन सिपको खाचो अपिल गरिदिनुहोस| उधम गर्नेलाई सोच पठाउन लगाएर सरकार नागरिकको आधा आधा लगानीमा सुरु गरौ "युवा मैत्री सम्बृदि अभियान " | नाम जे दिएपनि भयो |
हामीलाई थाहा सरकारले सबै ५० लाख लाई एकैचोटी गर्न सक्दैन , कोटा तोकिदिनुस , , लाख जति सकिन्छ , समय पनि तोकिदिए हुन्छ | यहाँ जानेको नविनतम सोच सिपले " सम्बृद्ध नेपाल सुखी नेपाली "को राष्ट्रिय आकांक्षा पुरा गर्न थप बल पुर्याउछ | साथसाथै एउटा नया गति उर्जा थप्न सक्छ  |यो अभियानमा सबै आउदैन पनि किनकी यहाँ मातृभूमिलाई ताली गालि गर्ने दुवैको जमात | तर आउन चाहनेको लागी यो महामारीमा आशाको बाहार जगाउने | अर्को चुनाबमा मतपत्र पनि यत्र तत्र सर्वत्र |
अनिस आचार्य

                                           

Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी